Radio Audio Program

Find us on Facebook

Updates

मातेका मान्छेको १५ रमाईला तस्वीर

रमाईलोका लागि होस् वा दुखि हुँदा धेरैले मद्यपानलाई नै रोज्छन् । जब धेरै रक्सी पिउँछन्, संसार उल्टीएजस्तो लाग्छ । केहिबेर अघिसम्म भयंकर लागेका कुरा रक्सीले मत्याएपछि सबै सामान्य लाग्न थाल्छन् । बढी नै रिंग्याएपछि, गल्ती गरिएपछि जब रक्सीले छाड्छ हरेक मानीस आफ्नो दोष देख्छ । अब कहिले रक्सी नपिउने कसम खान्छ ।

तर, साता, दश दिनमा उसले आफ्नो कसम बिर्सन्छ र फेरी मद्यपानसँग रमाउन पुग्छ । मद्यपान गरेपछि कोहि झगडा गर्छन्, कोहि शालीन् बन्छन्, कोहि गफाडि हुन्छन् । कोहिले भने यस्तो हर्कत गर्छन् ।


१. यी व्यक्ति पार्टी छाडेर घर फर्कने सुरसारमा थिए । तर, जब भोड्काको बोतल खोले, उनले घर नै बिर्सीए । यसरी भिक्तामा झुण्डिएपछि उसलाई कतै बाटोमा लड्ने डर पनि भएन । मातेको समय भएकाले दुखेको महसुस पनि भएन । जब आँखा खुल्छ त्यसपछि कहाँ कहाँ दुख्छ पत्तो पाउँछ ।


२. तस्वीर हेर्दा के भएको होला जस्तो लाग्न सक्छ । केटा खुशि देखिन्छ । पछाडि पट्टी केटी मान्छे भुईँमै मज्जाले निदाइरहेकी छिन् । ठूलो प्लान बनाएर पार्टीमा पुगेका थिए । मद्यपान गरेपछि यी युवति बाटो मै निदाईन् । त्यहि मौकामा यी युवकले उनी भुईँमा निदाएको तस्वीरलाई पोस्टकार्ड बनाए ।

३. यो फोटोलाई एकछिन् घुरेर हेर्नुहोस् त । हाँस उठ्दो छ । रक्सीले यो व्यक्तिलाई निकै आनन्द दिएको छ । साथीहरुले मुखमा र ज्यानमा यति धेरै केरकार गर्दा पनि उ आनन्दले निदाईरहेको छ ।


४. साथीहरुसँग संगै रक्सी खाँदा यस्तो पनि हुनसक्छ । आफ्नो हात खुट्टा कहाँ कहाँ छ भन्ने सम्म पत्तो नपाउने स्थिति आउन सक्छ । रमाईलोका लागि एकै ठाउँमा यीत तीन जनालाई राख्दा यस्तो देखियो ।


५. योगाको गतिलो आशन जस्तो देखिन्छ । यदि रक्सी नखाएको हुँदो हो त यो मान्छेलाई कति पिडा हुन्थ्यो होला । ट्वाइलेटमा मुख पुर्याएर पनि उ घीन नमानी आनन्दले बस्न सकेको छ ।


६. पार्टीमा हुने विभिन्न लाईटले आफ्नो मान्छे चिन्न गाह्रो पर्छ । झनै मात लागेको बेलाको कुरै बेग्लै । यो त्यस्तै अवस्थामा खिचिएको तस्वीर हो ।


७. यो मान्छेका साथीहरुले मार्कर छान्नमा गल्ती गरेका छन् । यदि यो कालो मसी मेटिएन भने के होला ? यो मान्छे बिउँझिदा कस्तो महसुस गर्ला ?


८. यस्तो गर्ने प्रयास नगर्नुहोला । यो व्यक्तिले टन्न पियो र बियरका बोतलहरु प्रयोग गरेर स्टार फिस बन्यो । रक्सी खाँदै गर्दा साथीहरुले जे भेटे त्यसैले बेहोसमा रहेको साथीलाई श्रृंगार गरे ।


९. यति धेरै सामानले थिच्दा पनि उ आनन्दले सुतिरहेको छ । आफु माथि टावर नै खडा भएको देखाउन साथीहरुले यस्तो गरिदिएछन् ।


१०. बढी रक्सी खाएर ढलेपछि साथीहरुले जे पनि गर्न सक्छन् । तर, हेर्नुहोस् त कुकुरले कति माया गरेको ।

हेर्नुहोस थप यस्तै तस्वीरहरु ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live