Radio Audio Program
- Dinko Dailo [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
Find us on Facebook
Updates
यी ६ कुराले वैवाहिक जीवनमा खटपट हुन सक्छ ।
विवाह एक यस्तो नाता हो जसमा सुख होस् या दुःख हरसमय सँगै रहनुहुन्छ । प्यार, भरोसा, जिम्मेवारी यो सबै चिज वैवाहिक नातालाई बलियो बनाउँछ । भनिन्छ, भरोसा बिनाको विवाहिक नातामा न गहिराई हुन्छ न टिकाउपन । कतिपय कुराले एकअर्कालाई नजीक ल्याउने पनि हुन्छन् । यस्ता धेरै चिज पनि हुन्छन् जसले सम्बन्धलाई बिर्गाछन् । यस्ता सम्बन्धमा फाटो ल्याउन कुराप्रति सचेत हुनुपर्छ ।
विवाहमा भएको खर्च
नातामा जब अप्ठेरो स्थिति देखापर्छ त्यो कारण हो पैसा । त्यसैले विवाह पछि कस्को तर्फबाट कति खर्च भएको थियो यस बारे छलफल गर्नबाट बच्नु पर्छ । पैसाको विषयलाई लिएर जुन पनि कुरा गरिन्छ त्यसलाई सुल्झाउन घरका सबै भन्दा पाको मान्छेलाई दिनु पर्छ । विवाह पछि तुरुन्त जीवन साथीसँग यस्ता कुरा झगडाको कारण बन्न सक्छ । पतिपत्नी दुबैले यस कुरालाई अलग्गै राख्नु पर्छ । विवाह पहिले गरिने योजनाको समयमा यी कुरामा राय सल्लाह लिनु दुबै तर्फका लागि राम्रो हुन्छ ।
सम्बन्धलाई लिएर गरिने आलोचना
विवाहमा कस्को नाताले के खोजी रहेको थियो । उ कस्तो लागि रहेको थियो ? यस्तो कुरामा समय फाल्नु भन्दा भविष्यको योजना बनाउनु राम्रो हुन्छ । धेरै जसो जोडी विवाहको क्रममा नातालाई, उसको व्यक्तिगत व्यवहार, चाल चलनको विषयलाई लिएर जब आलोचना हुन्छ त्यस पछि मनमुटाव बढ्छ ।
साथीको तुलना गर्नु
पहिले कोहीसँग नाता सम्बन्धमा रहेको कुरा साथीको मुड हेरेर शेयर गर्नु राम्रो हुन्छ । धेरैजसो विवाहित जोडी विवाहपछि पनि विवाह अघिको जस्तै नाता सम्बन्धको बारेमा तुलना गर्न खोज्छन् । यो राम्रो बानी होइन । जो कोही सँग पनि एउटा न एउटा खुबी र चाहाना हुन्छ । जुन चिजबाट अप्ठयारो भएको छ त्यसलाई आपसी छलफलबाट समाधान गर्न कोशिस गर्नु पर्छ । साथीको विगतलाई सम्झेर, आउने समयको नाता सम्बन्धलाई अनेकौ अप्ठेराहरू ल्याउन सक्छन् ।
समयको चाहना
विवाहको समयमा भएको थकाईबाट मुक्त हुन कुनै एउटाको लागि होइन दुबैलाई हुन्छ । जति झन्झट दुलाहालाई हुन्छ त्यति दुलहीलाई पनि हुन्छ । त्यसैले आफ्नो बारेमा मात्र नसोच कामबाट एक दुई दिनका लागि भएपनि आराम गर नयाँ नौला स्थानहरूमा घुम्न जाउ । त्यसका लागि हनिमुन एउटा महत्वपूर्ण अवसर हो ।
दुलहीको साथीका बारेमा नराम्रो नसोच
साथी भाई हरेक प्रकारका हुन्छन् । खुशी बाँड्ने र मनाउने सबैका आफ्ना आफ्ना तरिका हुन्छन् । त्यसैले उनको कुभलो गर्नबाट बच्नुहोस् । आफ्नो बारेमा राम्रा कुरा सुन्ने सबैलाई इच्छा हुन्छ । त्यसैले नराम्रा कुराको पछाडी लाग्नुको सट्टा उनको बारेमा बढाई चढाईं गर्नुहोस् जसले गर्दा सम्बन्धमा बलियो हुन्छ ।
मेरो रोजाई अर्कै थियो
विवाह बन्धन एक यस्तो बन्धन हो जहाँ जिन्दगी भरीको लागि दुई जनाको जीवन जोडिएको हुन्छ । दुई अलग अलग अनजान मानिसको बिच माया प्रेम र नाता अगाडि बढ्छ । नाता र सम्बन्धको शुरुवात र रोजाई घरका अग्रजले गरेका थिए तर यसलाई निभाउने जिम्मेवारी पुरै पति पत्नीको हुनेछ । ‘मेरो रोजाई यो थिएन’ ‘यो भन्दा राम्रो अरु पनि मिल्न सक्थ्यो’ जस्ता कुरा गर्नु पति पत्नी बिचको सम्बन्ध बिग्रने अवस्था सिर्जना हुन सक्छ ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment