Radio Audio Program

Find us on Facebook

Updates

जीतु नेपालले प्रधानमन्त्रीलाई नै दिए अनशन बस्न सुझाव ।

भदौ १७, हाँस्यकलाकार जीतु नेपाल (मुन्द्रे) ले प्रधानमन्त्रीलाई नै अनशन बस्न सुझाव दिएका छन् । डा. अमेरिकाको विभिन्न राज्य दर्शक हँसाउन मग्न मुन्द्रेले डा. गोविन्द केसीको अनशन तोडाउन प्रधानमन्त्रीलाई अनशन बस्न सुझाव दिएका हुन् । फलामले फलाम काट्छ भने झैँ अनशन तोडाउन प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन् ।

डा. केसीको अनशन न सरकारले पुरा गर्न सक्छ, न अनशन रोकीन्छ । त्यसैले प्रधानमन्त्रीले नै अनशन बस्नुपर्ने उनको सुझाव छ । डा. केसीको छेउमा गएर, यसरी बारबार अनशन बसेर सताउन पाईदैन भनेर प्रधानमन्त्रीले नै अनशन बस्नु नै उत्तम हुने उनको भनाई छ । सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उनले अनशनलाई समर्थन गर्दै भ्रष्टचार गर्नेहरुप्रति व्यंग्य पनि गरेका छन् ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live