Program Archive

Find us on Facebook

Updates

कर्णेल लामालाई नेपाल फर्काउन सरकारलाई समितिको निर्देशन ; उज्यालो अनलाईन

काठमाडौं, फागुन २९ – व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मावअधिकार समितिले बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी (कर्णेल) कुमार लामालाई तत्काल नेपाल फर्काउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कुटनीतिक पहल गरेर कर्णेल लामालाई तत्काल नेपाल फकाई लामा जनयुद्धकालिन घटनामा दोषी भए, नभएको बारेमा सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत छानविन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले बेलायतले कर्णेल लामालाई उसको कानून अनुसार मुद्दा चलाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको ठहर समेत गरेको छ । समितिले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप हुँदा पनि कर्णेल लामालाई नेपाल फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना समेत गरेको छ ।

समितिले लामालाई अविलम्ब नेपाल फर्काउनका लागि कुटनीतिक पहल थाल्न परराष्ट्र र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिका सदस्यहरुले बेलायतले कर्णेल लामालाई पक्राउ गरेर उसको कानुन अनुसार अनुसन्धान अघि बढाउनु नेपालको आन्तरिक मामिलामाथि ठाडो हस्तक्षेप भएको बताए । उनीहरुले दुई वर्षअघि पक्राउ परेका आफ्ना सैनिक अधिकृतलाई नेपाल फर्काउन नसक्नु सरकारको कुटनीतिक असफलता भएको भन्दै लामाको गिरफ्तारी नेपालको स्वतन्त्रता र राष्ट्रियतामाथिको नै हस्तक्षेप भएको भनेर सरकारले बेलायत सरकारसँग प्रश्न उठाउने हिम्मत गर्नुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघको पिसकिपिङ मिसन अन्र्तगत दक्षिणी सुडानमा स्टाफ अधिकृतको रुपमा खटिएका नेपाली सेनाका कर्णेल लामालाई बिदा लिएर बेलायत गएको अवस्थामा २०६९ पुस १९ गते बेलायती प्रहरीले पक्राउ गरेको थियो । लामामाथि बेलायतले द्वन्द्वकालमा थुनुवालाई यातना दिएको अभियोग लगाएको छ । सरकारले पक्राउ परेको भोलिपल्टदेखि लामालाई रिहा गर्न आग्रह गर्दै आएपनि बेलायतले अटेरी गर्दै आएको छ ।

Post Comment