Program Archive

Find us on Facebook

Updates

बंगलादेशले न्युजिल्याड विरुद्ध २८८ रन बनायो

बंगलादेशले न्युजिल्याड विरुद्ध २८८ रन बनायो

फागुन २९, काठमाडौ । जारी विश्वकप क्रिकेटमा बंगलादेशले न्युजिल्याड विरुद्ध २८८ रन बनाएको छ ।  आज भईरहेको खेलमा बंगलादेशले टस हारेर पहिलो व्याटिङ गर्ने निम्तो पाउँदै निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८८ रन बनायो ।


बंगलादेशका लागि सबै भन्दा वढि महमुदुल्लाहदले नट आउट १२४ रन बनाए । त्यसैगरी सौम्या सरकारले ५१ त्था सविर रहमानले ४० रन बनाए ।   जवाफमा न्युजिल्याडले  २८.४ ओभरमा २ विकेट गुमाएर १६० रन बनाएको छ ।

 

यस अघि नै दुवै टोली अन्तिम आठमा पुगिसकेकाले आजको खेल प्रतिस्ठाका लागि रहेको छ । ५ खेल पछि न्युजिल्याड १० अंकको साथ अग्रस्थानमा रहेको छ ।त्यसैगरी ५ खेलबाट बंगलादेशले ७ अंक पाउदै चौथो स्थानमा रहेको छ । 

 

यसैगरी पहिलो चरणबाट बाहिरी सकेका इग्ल्याड र अफ्गानिस्तान विच पनि आज खेल भईरहेको छ ।  अफ्गानिस्तान पहिलो ब्याटिङ गर्दै  ३६.२ ओभरमा ७ विकेट गुमाएर  १११ रन बनाउन सफलभएको छ । 
इग्ल्याड र अफ्गानिस्तान दुवैले यस अघिका एक एक खेल मात्र जितेका छन ।

Post Comment