Program Archive
- Khuldulee.Com [ Listen ] [ Download ]
- Joke Tantra [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Chhote Don [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नि:शुल्क पाइने औषधिलाई १० हजार ; अन्नपूर्ण पोष्ट
काठमाडौं : वीर अस्पतालमा मात्र नि:शुल्क पाइने अत्यावश्यक औषधि अभाव हुँदा मिर्गौलाका गरिब बिरामी निजी अस्पतालमा एएकपटकको १० हजार रुपैयाँ तिरेर परीक्षण गर्न बाध्य भएका छन्।
उक्त औषधि खुवाएरमात्र मिर्गौला परीक्षण गर्न मिल्छ। अस्पतालले समयमै खरिद प्रक्रिया अगाडि नबढाउँदा ६ महिनादेखि उक्त औषधि अभाव भएको हो। गरिबका लागि नि:शुल्क गरिएको माइकोफेनोलेट, ट्याक्रोलिमियुजलगायत औषधि अभाव भएपछि मिर्गौलाका बिरामी चक्रपथस्थित गामा सेन्टरमा जाँच गर्न बाध्य छन्।
यो सेवा वीर र उक्त गामा सेन्टरबाहेक अन्यत्र पाइँदैन। उक्त औषधि मिर्गौला फेल भएका बिरामीले पटकपटक खानुपर्छ। चिकित्सकका अनुसार उक्त औषधि खाएपछि कमजोर मिर्गौलालाई शक्ति मिल्छ र डायलसिस गर्नुपर्ने जोखिम कम हुन्छ।
औषधिका लागि त्रिवि शिक्षण अस्पतालबाट रिफर गरिएकी चितवन भरतपुरकी ७३ वर्षीया तिलकुमारी ढकाल त्यही औषधिको अभावमा दुईपटक चक्रपथको निजी गामा सेन्टर जान बाध्य भइन्। '

वीर अस्पतालमा गरिबका लागि नि:शुल्क गरिएको माइकोफेनोलेट, ट्याक्रोलिमियुजलगायत औषधि अभाव भएपछि मिर्गौलाका बिरामी अन्यत्र १० हजार रुपैयाँ तिरेर परीक्षण गर्न बाध्य।
वीरमा कम पैसामा औषधिउपचार हुन्छ भनेर उताबाट डाक्टरले यता पठाएका थिए तर यता औषधि सकिएको रहेछ', उनले भनिन्, 'त्यसपछि चक्रपथ गएँ।' उनी वीरमा उक्त औषधि नभएका कारण दुईपटक मिर्गौलाको काम हेर्न २० हजार रुपयाँ तिर्न बाध्य भइन्।
'पैसा हुनेले त केही समय निजीमा गएर औषधि खान सक्छन्, नहुने त्यसै अलपत्र छन्', अस्पतालका एक चिकित्सकले भने, 'यो गरिबमाथि गरिएको हेलचेक्र्याइँ हो। कि पहिले नदिने व्यवस्था गर्नुपथ्र्यो, सेवा सुरु गरेपछि निरन्तरता दिन सक्नुपर्छ।' वीरमा औषधि नपाएपछि निजी गामा सेन्टरमा जाने कतिपय बिरामी महँगो भएपछि जाँच नगराई त्यतिकै फर्किने गरेका छन्।
काठमाडौं उपत्यकालगायत मुलुकभरका हरेक अस्पतालमा मिर्गौलाको समस्या लिएर जाने गरिब बिरामीलाई वीरमा रिफर गरिन्छ। तर वीरमा औषधि अभाव हुँदा एकै दिनमा दर्जन बढी बिरामी फर्किन बाध्य छन्। औषधि खरिदका लागि दुईपटक आह्वान गरिएको टेन्डरसमेत रद्द भएको छ।
'यस्तै हो भने सरकारी सेवामा भर पर्दापर्दै कयौं मिर्गौला रोगीले ज्यान गुमाउने जोखिम बढेको छ', ती चिकित्सकले भने। वीरमा क्यान्सरका बिरामीलाई नि:शुल्क दिने औषधिसमेत सकिएको छ। औषधि अभाव हुँदा जिल्लाबाट आउने गरिब बिरामी रित्तै फर्कन बाध्य छन्।
अस्पताल प्रमुख डा. स्वयंप्रकाश पण्डितले औषधि अभाव हुँदा बिरामीले दु:ख पाएको स्वीकार गरे। 'समयमै खरिद प्रक्रिया अगाडि नबढ्दा समस्या आएको सत्य हो', उनले भने, 'समाधानका लागि हामीले पहल गरिरहेका छौं।'

Post Comment