Program Archive

Find us on Facebook

Updates

जिम्बाबेद्वारा भारतसामू २८८ रनको लक्ष्य प्रस्तुत

विश्वकप क्रिकेट अन्तर्गत समुह ‘बी’ को आफ्नो अन्तिम खेलमा जिम्बाबेले भारतसामु २८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले कप्तान ब्रेन्डन टेलरको शतकको सहयोगमा ४८.५ ओभरमा सबै विकेट गुमाउदै २८७ रन बनायो ।

टप अर्डरका तीन ब्याट्म्यानले दोहोरो अंक छुन नसकेपछि खराब सुरुवात गरेको जिम्बाबेको इनिङ कप्तान बे्रन्डन टेलर र सन विलियम्सले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ९३ रनको साझदारी गरे । टेलर १३८ रनमा आउट भए भने विलियम्स ५० रनमा आउट भए । अन्य ब्याट्म्यानको योग्दान खासै राम्रो रहेन ।

भारतका मोहम्मद शमि र उमेश यादब र मोहित शर्माले समान ३-३ विकेट लिए

 

Post Comment