Program Archive

Find us on Facebook

Updates

१७ वर्षदेखिको अलमल - नयाँ पत्रिका

राको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमास्थल निर्माण समस्यामै रुमल्लिएको छ । १७ वर्षदेखि सुरु गर्ने भनिएको विमानस्थल निर्माणका लागि गरिने प्रारम्भिक कामसमेत हुने सकेका छैनन् ।

गत साता मुलुकमा एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार दिन अवरुद्द भएपछि बाराको निजगढमा बनाइने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबारे बहस सुरु भएको छ । तर,विमानस्थल निर्माणमा देखिँदै आएको समस्याका कारण बन्ने नबन्ने अहिलेसम्म टुंगो लागेको छैन ।

निजगढ विमानस्थल निर्माणका लागि जग्गाप्राप्ति सबैभन्दा ठूलो समस्या बन्दै आएको छ । प्रस्तावित विमानस्थलको भोगाधिकारको क्षेत्रमा रहेका एक हजार चार सय ७३ परिवारलाई पनर्वास कसरी गराउने भन्ने समस्या देखिएको पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए ।

Post Comment