Program Archive
- Khuldulee.Com [ Listen ] [ Download ]
- Joke Tantra [ Listen ] [ Download ]
- Radio Ma Diusai Rodhi [ Listen ] [ Download ]
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Chhote Don [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एसिड प्रहारको अनुसन्धानमा प्रहरी नै रनभुल्ल
‘प्रहरीको अनुसन्धान कि जिरो प्रतिशत हुन्छ कि सतप्रतिशत।’ नेपाल प्रहरीका अधिकारीहरू कुनै पनि घटनाको अनुसन्धान कस्तो भइरहेको छ? भन्ने प्रश्नमा प्राय: यही रेडिमेड जवाफ फर्काउँछन्।
तर, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा एआइजी विज्ञानराज शर्माले शुक्रबार दिउँसो यही रेडिमेड जवाफसमेत दिन नमिल्ने घटनाको अनुसन्धानबारे जानकारी गराए।
फागुन १० गते राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी किशोरीमाथि भएको एसिड प्रहारको घटनाबारे जानकारी दिन भन्दै पत्रकारहरूलाई भेला पारिएको थियो। यति संवेदनशील घटनामा प्रहरी अनुसन्धान प्रभावकारी नभएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला प्रहरीले आफूले गरिरहेको कामबारे पत्रकार सम्मेलनमा जानकारी गरायो।
‘प्रहरीले तदारुकता नदेखाएको भन्दै आलोचना भएकाले प्रहरीले काम गरिरहेको छ भन्ने सन्देश दिन पत्रकार सम्मेलन गरिएको हो,’ एआइजी शर्माले सुरुमै भने, ‘कमै घटनामा मात्रै अनुसन्धानका क्रममा भएका प्रगति बीचैमा सार्वजनिक गरिन्छ।’
कार्यक्रममा जनाइएअनुसार घटनाको अनुसन्धानमा प्रहरी आफैँ रनभुल्लमा परेको देखिन्छ। एसिड घटनाको अनुसन्धान गर्न प्रहरीले एसपी मीरा चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। प्रहरी प्रधान कार्यालय, राष्ट्रिय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी इकाइले पनि अनुसन्धानमा साथ दिइरहेका छन्। तर घटनामा को संलग्न थियो? अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरीले अहिलेसम्म खुलाउन सकेका कुरा भने यस्ता छन् - काठमाडौंमा एसिडका ५ होलसेल पसल र ९९ जना नियमित ग्राहक छन्। घटनास्थल आसपासमा भएका सिसिटिभी क्यामेरा हेरिएको छ। घटनाको बेला त्यो क्षेत्र आसपासबाट भएका १ सय ५० कल डिटेल हेरिएको छ। स्केच बनाएर ट्युसन सेन्टर आसपासका स्थानीयलाई देखाइएको छ। एसिड हान्ने मान्छेलाई पनि एसिड लागेको हुन सक्ने आशंकामा उपत्यकाका ८३ अस्पताल र मेडिकल कलेजमा प्रहरी पुगेको छ। एसिड त्यति धेरै कडा प्रकारको नभएको पनि पत्ता लगाएको छ। तर, कसले र किन एसिड हान्यो निष्कर्ष निकाल्न सकेको छैन्।
‘हालसम्मको अनुसन्धानमा एसिड हान्ने व्यक्तिले किन एसिड हान्यो भन्ने कुरा नै पत्ता लगाउन सकिएको छैन,’ एआइजी शर्माले भने, ‘कसले एसिड हान्यो भन्ने पनि पत्ता लागेको छैन।’
अनुसन्धानमा प्रहरी कुहिरोको काग बनेको हो? भन्ने प्रश्नमा शर्माले भने, ‘हामी सही मार्गमा हिँडने दिशातिर छौं।’ सही मार्ग भेटिनसकेको उनको सांकेतिक जवाफले पनि प्रहरी अनुसन्धानमा कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको देखिन्छ।
शर्माले अहिलेसम्मको अनुसन्धान फलदायी हुन नसक्नुको कारण पनि पत्रकारहरूसँग बाँडे। उनका अनुसार घटनाका पीडित सीमा, संगिता र हेमु तीनै जनाले अलग-अलग किसिमको बयान दिएका छन्। आक्रमणकारीको हुलिया बताउँदा हेमुले हुड लगाएको मानिसले एसिड हानेको भनेकी छन् भने सीमाले उसको नाक लामो भएको बताएकी छन्। संगीताले टोपी लगाएको जनाएकी छन्।
पीडितहरूको उमेर, मनोविज्ञान र नजिकिएको एसएलसी परीक्षाका कारण पनि उनीहरूलाई अनुसन्धानका थप प्रश्न गर्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थल आसपासका स्थानीयले पनि प्रहरी सोधपुछमा फरक-फरक जानकारी दिएको शर्माले जनाए।
घटनाबारे पीडितका परिवारले चासो नदिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए। उनका अनुसार बिहान सवा ६ बजे घटना भए पनि पीडित पक्षले प्रहरीमा उजुरी नै गरेनन्। अस्पतालमा पुगेपछि मात्र त्यो पनि प्रहरीले नै अपराध महाशाखामा जानकारी गराएको थियो।
त्यसपछि पनि पीडितका अभिभावकले अनुसन्धानमा प्रहरीलाई अपेक्षाअनुसार सहयोग गरेका छैनन्। ‘उनीहरूका अभिभावकभन्दा प्रहरी बढी संवेदनशील देखिएको छ,’ ती प्रहरी अधिकृतले भने।
पीडित परिवारका सदस्यहरू घटनामा संलग्न नभएको मानिसलाई अभियुक्त बनाउने प्रयासमा रहेको स्रोतको दाबी छ। अभिभावकको कम चासो, पीडितको फरक-फरक बयान र घटनालाई कतिपयले अतिरञ्जित गर्न खोजेकाले पनि अनुसन्धान प्रभावित बनेको ती प्रहरी अधिकृतले बताए।






Post Comment