Radio Audio Program

Find us on Facebook

Updates

करण भन्छन् "बिपाषालाई डेट गर्न मलाई कसैले पनि रोक्न सक्दैन ।"

कार्तीक, काठमाण्डौ
केहि समय देखि करण सिंह ग्रोभर र अभिनेत्री विपाषा बसु एक अर्काको प्रेममा छन् । सिनेमा एलोनमा सँगै काम गरेको यो जोडीले  सिनेमामा मात्र हैन रियलमा पनि आफ्नो प्रेम चलाए ।  
विपासाले यस सम्बन्धका बारेमा भने खुलेर केहि पनि बताएकी छ्रैनन् तर करण भने यो सम्बन्धलाई स्वीकार गर्दै एक अन्र्तवार्ताको सिलसिलामा बताएका छन् । "विपाषा र म एक अर्कामा निकै सहज महसुस गछौ । हामी साथमा निकै खुसी हुन्छौ र त्यस्तो कुनैपनि कुरा छैन जसले मलाई विपाषासँग डेट गर्न रोक्न सक्छ । "
करण र विपाषाको प्रेमसम्बन्धसँगै करण आफ्नी पत्नीसँग अलग्गीएका थिए  । उनकी पत्नी जेनिफर पनि मोडल तथा अभिनेत्री हुन् जसले टेलिभिजन दुनियामा राम्रो सफलता पाएर सिने क्षेत्रमा प्रवेस गरेकी छिन् ।
 पहिले पनि अभिनेता जोनसँग ९ बर्ष सँगै बसेकी बिपाषाको करण सँगको सम्बन्धले कुन मोड लिने हो त्यो भने समयले नै बताउला ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live