Radio Audio Program

Find us on Facebook

Updates

गरिबिलाई अन्त्य गर्न दिपावलीमा अपनाउनुस् यी २१ उपाय

दिपावली गर्दा लक्ष्मीको बास हुने विश्वास छ । आधुनिक संसारमा पनि यो परम्पराले श्रद्धाका साथ निरन्तरता पाईरहेको छ । लक्ष्मी पुजा र दिपावलीलाई लक्ष्मी वा धनको देविको पुजाको रुपमा पनि लिईन्छ । पर्याप्त धन आर्जन होस्, दुख गरिबीको अन्त्य होस् भन्ने कामनाका साथ लक्ष्मीको पुजा गरि दिपावली गर्ने चलन छ । दिपावली गर्दा यी उपाय अपनाउनु अझै उचित मानिन्छ ।

१. लक्ष्मीको यस्तो फोटो पुजा गर्नुहोस् जुन फोटोमा भगवान विष्णुको पाउमा लक्ष्मी बसेको होस् । यस्तो फोटोमा पूजा गर्नाले देवी लक्ष्मी खुशी हुनुहुन्छ ।

 

२. यो दिन सम्भव भएसम्म कुनै सुन्दरीकोहात बाट थोरै भए पनि पैसा लिनुहोस् र त्यसलाई आप्mनो पर्समा राख्नु होस् ।

 

३. दिपावलीका दिन घरबाट बाहिर कतै निस्कन लाग्नु भएको छ र  कुनै महिला पारम्परिक रातो पहिरनमा ड्रेसमा देखिइन भने सम्झनु होस् तपाई प्रति माता लक्ष्मीको कृपा प्राप्त हुने वाला छ । यस्तो भएमा ती महिलालाई सुहागका सामान चुरा, वस्त्र या सिम्रिक दिनुहोस् ।

 

४. दिपावलीको रात लक्ष्मी र कुबेरको पूजा गर्नु होला । यहाँ भनिएको मन्त्र १०८ पटक पढ्नु होला । ॐ यक्षाय कुबेराय दैश्रववाय, धन धान्याधिपतये धन धान्य समृृद्धि मम देही दापय स्वाहा ।

 

५. महालक्ष्मीको पूजामा  दक्षिणमुख भएको शंख पनि राख्नु पर्छ यो शंख महा लक्ष्मीको अतिप्रिय हो । यसको पूजा गर्नाले घरमा सुख शान्तीको बास हुन्छ ।

 

६. दिपावलीको दिन ब्रह्ममुहुर्तमा उठेर गाइको काँचो दुध (नतताएको) मिसाएको पानीले नहाउनु होस्् ।

 

७. दिपावलीको अवसरमा अशोकको पातमा ॐ र शुभलाभको चिन्ह कोर्नुहोस् र त्यसको माला बनाएर घरको मुलद्वारमा स्पष्ट देखिने गरी टाँगी दिनुहोस् । यसो गर्नाले घरको नकारात्मक उर्जा खत्तम हुन्छ ।

 

८. दिपावलीमा  हुनमानजीको मन्दीरमा तेलको दियो बालिदिनुहोस् । र उक्त दियोमा एउटा ल्वाङ पनि राखि दिनुहोस् ।  त्यस पछि हनुमानको आरती गर्नुहोस् । हनुमान चालिसा पाठ गर्नुहोस् ।

 

९. दिपावलीको पूजा गर्ने अवसरमा हलेदो पनि राख्नुहोस् । पूजा सकिएपछि हलेदोलाई पैसा राख्ने ठाउँम राखिदिनुहोस् ।

 

१०. दिपावलीको दिन बाटोमा तेलको बत्ति बालिदिनुहोस् र त्यसलाई फर्केर नहेर्नुहोस् ।

 

११. दिपावलीको रातमा लक्ष्मीको पूजाका साथ आप्mनो दोकान, कम्प्युटर आदि चिजको पनि पूजा गर्नुहोस् । जसबाट कमाई हुन्छ ।

 

१२. दिपावलीको दिनमा शिवलिङ्गमा चामल चढाउनुहोस् तर चढाउने चामल पुरा सग्लो हुनुपर्छ काटिएको टुक्रा टुक्राभएको हुनु हुँदैन ।

 

१३. आप्mनो घरको वरपर पिपलको बोट छभने सो पिपलको बोट मुनी तेलको दियो बालिदिनु हाुेस् । दियो बालि सकेपछि फर्केर नहुर्नुहोला सरासर घर फर्कनु होस् ।

 

१४. सम्भव भए सम्म दिपावलीको दिन रातभर घरको मूलद्वार खुल्लै राख्नुहोस् । 

 

१५.धार्मिक मान्यता अनुसार लक्ष्मी उक्त दिन पृथ्वीमा  भ्रमण गर्न निस्केकी हुन्छिन्  । आप्mना प्रिय भक्तका घरमा प्रवेश गर्छिन् भन्ने विश्वास गरिन्छ ।

 

१६.स्नान गरिसकेपछि नयाँ कपडा लगाउनुहोस् र सूर्यलाई जल चढाउनु होस् जल चढाउनुका साथै रातो पूmल पनि चढाउनु होस् ।

 

१७. दिपावलीको दिन लक्ष्मी पूजा गर्ने समयमा सकेसम्म एउटा भएपनि घीउको बत्ति बाल्नुहोस् जसमा ९ अरु बत्ति पनि राख्नुहोस् । सबै बत्ति बालेर लक्ष्मी पूजा गर्नु होस् ।

 

१८. लक्ष्मी पूजाको दिन पहेंलो कौडा पनि पूजा गर्दा समावेश गर्नु होला। कौडाको पूजा गर्नाले लक्ष्मी खुशी हुन्छिन् धन समबन्धी सबै दुःख खत्तम हुन्छ भन्ने धार्मिक विश्वास छ ।

 

१९.दिपावलीको दिन काँचो नरिवललाई पनि चामल, रातो पूmल र सिम्रिकले पूजा गर्नुहोस् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live