Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
महिला पुरुष दुबैले दीपावलीको ५ दिनमा गर्न नहुने ७ काम
भर्खरै हिन्दुहरुको महान चाड दशै सकियो अर्को ठूलो चाड तिहार आउँदै छ । तिहारका पाँच दिनमा काग, ककुर, गाई–गोरु लक्ष्मीको र अन्तीम दिन भाईको पुजा आजागरी धुम धाम सँग मनाईन्छ । विशेषगरी धनकी देवी लक्ष्मीको पूजा यो चाडको प्रमुख महŒवको विषय हो ।
यस अबसरमा लक्ष्मीलाई खुशी राख्न हरेक उपाय गरिन्छ । आप्mनो क्षमता अनुसार सबैले लक्ष्मीको पूजा गर्छन । तर कतिपयले कुन कुन कुरामा सावधानी अपनाउन पर्छ त्यस तर्फ ध्यान दिन सकेका हुँदैनन् । शास्त्रका अनुसार केही काम यस्ता छन् जस्लाई भूलेर पनि यस अबसरमा नगर्न भनिएको छ । हेरौ ति काम के के हुन् ।
| १.विहान अबेर सम्म नसुत्नुहोस् । त्यसै पनि विहान अबेर सम्म सुत्नु राम्रो होइन । विहान सबेरै उठ्नाले स्वास्थ्यका लागि राम्रो हुनुका साथै घरको दैनिकी पनि सहज हुन्छ । कतिपय काम छिटै सक्नु पर्ने हुन्छ । त्यसले गर्दा पनि सबेरै उठ्नु काम गर्नु फाइदा नै हुन्छ । दीपावलीको अबसरमा विहान सबेरै अर्थात् ब्रह्म मुहुर्तमा उठ्नु उत्तम मानिन्छ । सूर्योदय पछि सम्म सुतीरहनेलाई महालक्ष्मीको कृपा रहँदैन भनिएको छ । |
| २.आमा बुवा लगायत जेष्ठ नागरिकलाई अपमान नगर्नुहोस् । दीपावलीको अबसरमा यो कुरा विशेष ध्यान राख्नुस् कि कुनै पनि अवस्थामा धर्मबिपरितका काम नगर्नुहोस् । आमाबुवा एवम् बृद्धबृद्धाको सम्मान गर्नुहोस् । जो मानिस माता पिताको अनादार गर्छ त्यहाँ देवी देवताको कृपा पनि रहँदैन र दरिद्रताको बास हुन्छ । कसैलाई धोका नदिनु, झुठ नबोल्नु, सबै सँग प्रेम पूर्वक व्यवहार गर्नु होस् । |
| ३.घरमा फोहर नराख्नुहोस् । दीपावलीको अवसरमा घरको वरीपरि भएको फोहर हुनु हुँदैन । घरको कुना कुनामा भएको फोहरलाई हटाएर सफा र स्वच्छ राख्नुहोस् । कुनै किसिमको गन्ध घर वरी परि नआओस् । सबै तिर सुगन्ध फैलाउन मिठा मिठा बास्ना आउने सुगन्धित वस्तुहरुको प्रयोग गर्नुहोस् । |
| ४.कोही कसैसँग नरिसाउनु होस् । दीपावलीको अवसरमा जोर जोरले बोल्नु, विनाकारण कसैसित रिसाउने काम नगर्नुहोस् । यी दिनहरुमा जो मानिस रिसाउने, जोडले बोल्ने, वा झर्कने गर्छ उसका घरमा लक्ष्मीको कृपा रहँदैन । घरमा शान्त, सुखद एवम् पवित्र वातावरण बनाई राख्नुहोस् । भनिन्छ जहाँ शान्ति हुन्छ लक्ष्मी त्यहिँ बास गर्छिन् । |
| ५.साँझको समयमा नसुत्नुहोस् । विशेष परिस्थितिलाई छोडेर साँझ पख नसुत्नु होस् । यदी कोही व्यक्ति विमारी छ, वृद्ध छ या कोहि स्त्री गर्भवती छन भने त्यस्ता व्यक्ति साँझको समयमा सुत्न सकिन्छ । तर स्वस्थ्य व्यक्ति दिनमा साँझको बेलामा सके सम्म नसुत्नुहोस् । शास्त्रका अनुसार जो मानिस यस्तो समयमा सुत्छन् तिनीहरु कहिल्यै धनवान हुन सक्दैनन् । |
| ६.कोही कसै सँग बादविवाद नगर्नुहोस् । दीपावलीका अबसरमा घरमा होस् या छिमेकमा कोही कसै सँग वादविवाद नगर्नुहोस् । जहाँ प्रेम, सदभाव, आदार सम्मान हुन्छ माया बाँडिन्छ त्यहाँको वातावरण सधैं खुशी हुन्छ शान्त हुन्छ । जुन घरमा झगडा कलह हुन्छ त्यहाँ कुनै देवी देवताको पनि बास हुन्न । घरमा मात्र नभएर बाहिर पनि यस अबसरमा झै झगडा वाद–विवाद नगर्नु होस् । |
| ७. मादक पदार्थ सेवन नगर्नुहोस् । शास्त्रका अनुसार दीपावलीको अवसरमा कुनै प्रकारको नशा सेवन नगर्नुहोस् । जो मानिस दीपावलीको दिनमा नशा सेवन गर्दछन् त्यस्ता मानिस हमेशा दरिद्र हुनेछन् । किनकी नशा सेवन गरेका बेला घरमा शान्ति भंग हुन्छ । हो हल्ला बढी हुन्छ । नराम्रा शब्दहरुको उच्चारण हुन्छ र घरका अन्य सदस्यहरुमा तनाब हुन्छ । यसबाट सधैं बच्नुहोस् । अन्यथा वाद विवाद हुनुका साथै लक्ष्मीको पूजा पनि विधिवत हुन पाउँदैन । |
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment