Radio Audio Program

Find us on Facebook

Updates

फिल्म ‘प्रेम रतन धन पायो’का १५ रहस्यहरु ।

रिलिज हुनु पूर्व चर्चामा आएका केही फिल्महरु मध्ये ‘प्रेमरतन धन पायो’ पनि एक हो र अब छिट्टै रिलिज हुँदै छ ।

पढ्नुहोस्  १२ नोभेम्बरमा रिलिज हुने सिनेमा प्रेम रतन धन पायो १५ रोचक जानकारी

१. प्रेम रतन धन पायोका निर्देशक सुरज बडजात्याले सलमान खानलाई फिल्म मैने प्यार कियाको लागि लिएका थिए । त्यहि फिल्मबाट उनले यस उद्योगमा प्रवेश पाएका थिए ।  

 

२. सुरज बडजात्या र सलमान खानको यो चौथो फिल्म हो । यस भन्दा पहिले ‘मैने प्यार किया है’, ‘हम आपके है कौन’  र ‘हम साथ साथ हैं’ मा काम गरी सके ।

 

३. सुरज र सलमानले संगै गरेका फिल्म प्रायले  सफलता पाएका छन् ।

 

४. सुरज र सलमानको १६ वर्ष पछि फेरी यो फिल्म आएको हो । ‘प्रेम रतन धन पायो’ भन्दा पहिले सन् १९९९मा हम साथ साथ है आएको थियो ।  

 

५. ‘हम साथ साथ है’ को सुटिङको क्रममा सलमानमाथि हरिणको शिकार गरेको आरोप लागेको थियो र यसै कारण सुरज बडजात्या परिवारका केही सदस्य सलमानसँग खुसी थिएनन् थाहा भए अनुसार सुरज बडजात्यालाई भविष्यमा सलमान खान सँग फिल्म नगर्न भनिएको थियो ।

 

६. ‘प्रेम रतन धन पायो’ की नायीका सोनम कपुर उमेरका हिसाबले सलमान भन्दा १९ वर्ष कान्छी छिन् र  उनको पहिलो फिल्म ‘साँवरिया’ मा पनि सलमान खान थिए ।

 

७. यो ‘पे्रम रतन धन पायो’ हिन्दी फिल्म ‘राजा और रंक’ बाट प्रेरित भएर बनाईएको हो ।  

 

८. प्रेम रतन धन पायो’ को सांगीतिक अधिकार (म्यूजिक राइट्स)१७ करोड रुपयाँमा विक्रि गरिएको छ ।

 

९. ‘प्रेम रतन धन पायो’ को स्यटलाईट राइट्स लगभग १५० करोड रुपयाँमा बेचिएको छ ।

 

१०. ‘प्रेम रतन धन पाया’े को अवधि २ घण्टा ५४ मिनेट र ९ सेकेण्ड रहेको छ । सलमान र उनको पिता सलिम खानले फिल्मको समय छोट्याउन अनुरोध गरेपनि सुरजले त्यो कुरालाई अस्वीकार गरे ।

 

११. सुरजको हरेक फिल्ममा सलमान खानको भूमिकाको नाम प्रेम रहेको छ र‘प्रेम रतन धन पायो’ मा पनि सलमानको नाम यही छ ।

 

१२. ‘पे्रम रतन धन पायो’ लाई तमिल र तेलुगु भाषामा डब गरी रिलिज गरिदैँ छ ।

 

१३. तेलुगु भाषामा सलमानको आवाज राम चरण तेजाले गरेका छन् ।

 

१४. सुरजको हरेक फिल्ममा सलमान निर्दोष, सहृदयी मानिसको रुपमा देखिएका छन् । उनको भनाई पनि छ कि म सलमानलाई यसै अनुरुप देख्छु पनि ।

 

१५. प्रेम रतन धन पायो को बारेमा सलमानको भनाई यो छ कि यो सुरजको सबैभन्दा राम्रो फिल्म हो ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live