Radio Audio Program

Find us on Facebook

Updates

बाँझोपनको समस्या आउन सक्छ यी नौ चिजले

स्वस्थ्य रहन पुरुषलाई जति जरुरी छ त्यत्तिनै महिलाको लागि पनि । तर धेरै जसो पुरुष आफुलाई रफ एण्ड टप सम्झन्छन् र यस तर्फ खासै ध्यान दिँदैनन् । दिनमा तिनपटक भर पेट खाना लिनु नै उनको लागि ठिक हुन्छ । तर यो कुरालाई पनि ध्यानमा राख्नु जरुरी छ । खराब दैनिक जीवन एवम खानाको कारण सबैभन्दा पहिला यौन जीवनमा प्रभाव पार्दछ । जसको कारण सम्बन्ध विग्रन थाल्दछ । त्यसैले पुरुषको लागि यो जान्न जरुरी छ कि स्वस्थ्य जीवन कसरी विताउन सकिन्छ र जीवनमा अधिक समय खुशी रहन सकिन्छ ।

१.सफा र स्वस्थ्य खाना लिनु
स्वस्थकर खाना र अस्वस्थकर खानाले प्रत्यक्ष रुपमा यौन जीवनमा प्रभाव पार्दछ । ताजा र भिटामीन युक्त खानाले नै शरीरलाई जहिले पनि तन्दरुस्त राख्दछ । साथै यौन जीवनलाई पनि सहज र सरल राख्न मुख्य भूमिका खेल्दछ । यसर्थ खानामा सागसब्जी, फलफुल, विभिन्न खालका अन्न, दूध, दहि र जुसहरुलाई आप्mनो मुख्य भोजनका रुपमा लिनुहोस् ।

 

२.दैनिक व्यायाम गर्नु
दैनिक गरिने व्यायामले मानिसको शरिरलाईस्वस्थ र तन्दरुस्त राख्न मद्दत पु¥याउँछ ।  विभिन्न समयमा गरिएका यस सम्बन्धी शोधहरुमा पनि यो कुरा पाईएको छ । स्वस्थ शरिर भएमात्रै जीवन सुखी र खुशी हुन्छ । साथै यौन जीवनमा पनि त्यत्तिकै सकारात्मक प्रभाव पार्दछ । दैनिक गरिने व्यायामले मानिसमा विश्वासनियता बढाउँछ । तर व्यायम गर्नु पुर्व तपाईले एक पटक फिजिसियन सँग सल्लाह लिन जरुरी छ ।

 

३.धुम्रपान नगर्नु
डाक्टरले पनि भन्न सक्दैन कि धुम्रपानले मानिसको यौन जीवनलाई प्रभाव पार्न सक्दैन भनेर ।  धुम्रपानले नै सबैभन्दा बढी असर यौनजीवनमा पु¥याउँदछ । यसको साथै रक्तसञ्चारमा समेत असर पु¥याउँछ साना मसिना नसाहरुमा असर पु¥याउँछ र शरीरका अङ्गहरूमा सही तरिकाले रक्तसञ्चारमा अवरोध पु¥याउँछ रक्तसञ्चार राम्रो हुन नसक्नाको कारण अङहरु सिथिल हुनपुग्छन त्यस पछि तपाईको यौनजीवनमा पनि सिधा असर पुग्न सक्छ ।

 

४.तनाब मुक्त रहनु
पुरुषमा लगातार बढ्ने गरेको यौनजीवनको समस्याको कारण तनावपूर्ण जीवन पनि हो । घरमा होस् या अफिसमा हुने तनाब तनाबले यसखालको समस्या पैदा गर्छ । तनाबले शरीरमा इनर्जीकम गरिदिन्छ । जसले गर्दा कुनै काम गर्न मन लाग्दैन । त्यसका लागि योगाको मद्दत लिनु होस् ।

 

५.किगल व्यायाम गर्नु
महिलालाई सुत्केरी भएपछि जति महिलालाई यो व्यायामको जति जरुरी छ त्यत्तिनै पुरुषको यौनजीवनमा आउने समस्यालाई हटाउन पनि यसप्रकारको व्यायाम गर्नु जरुरी छ । यस किसिमको व्यायामले मांशपेशी बलियो हुनुको साथै रक्तसञ्चारमा राम्रो प्रभाव पार्दछ । यस्ता समस्याबाट बच्नको लागि पुरुषले अलिबेर पिशावलाई रोकेर राख्नुपर्छ ।

 

६.नियमित स्वास्थ्य परिक्षण
स्वास्थ्यलाई एकनास राख्नको लागि वर्षमा दुई देखि तीन पटक डाक्टरसँग गएर स्वास्थ्य चेक गरि रहनु पर्छ । किनकी कुनै खालको समस्या नरहोस् । यस्तो अवस्थामा डाक्टरलाई खुलेर आपूmमा भए देखिएका नया पुराना समस्याहरु बताउनु पर्छ जसले गर्दा डाक्टरलाई पनि तपाईको शरीरमा भएको रोगको बारेअनुसन्धान गर्न सजिलो होस् । एक भन्दा बढी यौन साथी सँगको सम्बन्ध रहेको छ भने त्यो पनि खुलेरै बताउनुहोस् जसले गर्दा तपाईंको यौन जीवन पनि सुखदायी नै हुन्छ ।

 

७.मादक पदार्थको सेवन नगर्नुहोस्
कुनैपनि प्रकारका नशालु चिजहरुको सेवन नगर्नुहोस् किनकी स्वास्थ्यका लागि यस्ता  पदार्थ हानिकारक हुन्छन् । यस्ता नशालु पदार्थको सेवनले तत्काल आनन्दको अनूभूति भए पनि ब्रेन र नशा दुवैलाई विस्तारै विस्तारै कमजोर बनाउँदै लग्छ । विभिन्न समयमा गरिएका शोधहरुले पनि यस्ता कुराहरु पत्ता लगाई रहेको छ । नशालु पदार्थ सेवनका कारण यौनजीवनमा पनि नकारात्मक असर पार्न सक्छ ।

 

८.ड्रग्स बाट बच्नु
धेरैजसो पुरुष मोजमस्ती र सम्बन्धका खातिर धेरै प्रकारका नशालु पदार्थ ड्रग्स लिने गरेको पाईन्छ । यसलाई कसैले खानामा मिसाएर कसैले सुइको माध्यमबाट लिने गरेको पाइन्छ । यसले सकारात्मक भन्दा नकारात्मक असर बढी पारी रहेको हुन्छ । मादक पदार्थ सेवनले भन्दा बढी यसले शरीरमा असर पु¥याएको सुनिन्छ । यसले शरिरलाई शिथिल पार्ने भएकोले तपाईंको यौन जीवनमा पनि धेरै असर पु¥याउने देखिन्छ ।

 

९.सकारात्मक सोच
स्वास्थ्य विज्ञान भन्छ सकारात्मक भावनाले सकारात्मक सोचाईले हरेक मासिन आप्mना साथीहरुलाई जुनसुकै विषयमा सन्तुष्ट प्रदान गर्न सक्छन् । त्यतिमात्र नभएर सकारात्मक सोचाईले यौनजीवनलाई पनि ताजा राख्न मद्दत पु¥याउँछ भनिएको छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live