Radio Audio Program

Find us on Facebook

Updates

खाना खाने समयमा रिसाउँदा हुने हानी । तपाँईमा त छैन यो बानी ।

कार्तीक, काठमाण्डौ

अन्नलाई माता लक्ष्मीको एक रुपका रुपमा लिईन्छ  । त्यसै भएर बुढापाकाहरु अन्नबाली भएको  अन्न बाली लगाएको स्थानमा सुसेल्दैनन् र सुसेल्न पनि दिँदैनन् । सह जान्छ लक्ष्मीको बास हुन्न भन्छन् ।
केही मानिस रिसको झोकमा खाना सहितको प्लेट होस् या थाल प्mयाँकि दिन्छन् । खाना नै नखाई उठेर हिँडि दिन्छन् । शास्त्रका अनुसार त्यो राम्रो बानी होइन । यस्तो बानीबाट बच्नु तपाईको लागी रामो्र हुनेछ । यस किसिमको बानीले धन दलौत एवम् पारिवारिक सुखमा नोक्सान गर्छ । 

साथै यी तीन उपाय जसले घरमा धनको अभाव रहँदैन सुख सम्बृद्धि रहन्छ र लक्ष्मीको बास हुन्छ भनि विश्वास गरिएको छ ।
१.घरमा स्थायी सुख समृद्धिका लागि पीपलको वृक्षको छायाँमा उभिएर फलामको भाँडामा पानी, चिनी, घ्यू तथा दूध मिलाएर पीपलको वृक्षको जरामा राखी दिनाले घरमा लामो समय सम्म सुख सम्बृद्धि रहन्छ र लक्ष्मीको बास हुन्छ । साथै घरमा कहिल्यै धनको कमी हुदैन ।
 
२. तपाईंको काममा अबरोध आइ रहेको छ भने शुक्रबारको दिन कालो कमीलाको समुह भएको ठाउँमा तिनीहरुले खान पाउने गरी चिनी राखी दिनुहोस् ।  नियमित यसो गर्नाले पनि माता लक्ष्मीको कृपा सधै तपाईको साथ रहने छ ।
 
३. साथ साथै कुनै कामको लागि घरबाट बाहिर निस्कन लाग्नु भएको छ भने घरबाट निस्कने समयमा थोरै भए पनि दही सेबन गरी निस्कनु होस् जसले गर्दा काममा राम्रो प्रभाव पर्दछ शुभ फल मिल्ने छ ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live