Radio Audio Program

Find us on Facebook

Updates

अभिनयमा आउन तयार बलिउड सेलिब्रेटीका सन्तान ।

कार्तीक , काठमाण्डौ
सोनम कपूर, सोनाक्षि सिन्हा, करिश्मा कपूरको बाटोमा चल्दा चल्दै अब बलिउडका  चर्चित अभिनेता  शाहरुख खानकी छोरी सुहानाले
  खान पनि फिल्मीक्षेत्रमा प्रवेश गर्न चाहेको कुरा बाहिरीएको छ  ।  पछिल्ला दिनहरुमा यसकुराको खुलासा स्वयं शाहरुखले गरेका  थिए । उनकी छोरीमा पनि  नायीका बन्ने इच्छा प्रचुर  मात्रामा छ । आफ्नो  पचासौं जन्म दिनको अबसरमा शाहरुखले यो कुरा बताएका थिए । शाहरुख  छोरा आर्यनले ग्रयाजुयशन सकोस पढाईमा राम्रो गरोस भन्ने चाहान्छन् भने छोरी सुहाना अभिनेत्री र राम्रो डान्सर बनुन् भन्ने चाहाना राखेका छन् ।

सुहानाका साथ साथ बी टाउनमा यस्ता कयौ नायक नायिकाका छोरा–छोरी छन जो फिल्मी क्षेत्रमा प्रवेश गर्नको लागि तयार छन् । केही अभिभावकले आप्mनो छोरा–छोरी फिल्मी क्षेत्रमा आउन चाहेको कुरा बताएका छन् । कोही यस विषयमा चुप चाप बसेका छन् । हेर्नुहोस् बी टाउनका कुन नायक नायिकाका छोरा–छोरी यस क्षेत्रमा आउनका लागि आत्तिएका छन् ।
 
आर्यन खान
अभिनेता शाहरुख खानका छोरा   आर्यन शोसल मिडियाहरुमा खासै देखिदैनन् । शाहरुख चाहान्छन्, हाल लन्डनमा अध्ययन गरिरहेका आर्यनले पहिले अध्ययन सकुन् अनि आफ्नो करियर बनाउन् ।

श्री देवीकी छोरी जाह्नवी कपूर
श्री देवी र फिल्म निर्माता बोनी कपूरकी ठूली छोरी जाह्नवी कपूर सामाजिक सञ्जालहरूमा निकै सक्रिय  देखिन्छिन् । १८ वर्षिया जाह्नवी हाल आफ्नो
 पढाईमा व्यस्त छन् । प्राप्त खबरअनुसार उनलाई दक्षिण भारतको  फिल्मको लागि अफर पनि आएको छ ।
 
बिग बी की नातिनी नब्या नवेली
अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा हाल लण्डनमा अध्ययनरत छन् । श्वेता बच्चन र निखिल नन्दा की छोरी नव्या शाहरुख खानको छोरा आर्यनका साथ लण्डनमा अध्ययन गरि रहेका छन् ।  आशा छ १८ वर्षकी नव्या परिवार परम्परालाई अगाडी बढाउँदै जाने कोसीस गर्नेछिन् । उनि फैसन शोमा पनि भाग लिदैछिन् । उनि   फिल्मी क्षेत्रमा आउने हुन की हैनन् त्यो भने हेर्न बाकी नै छ । 

आहन सेट्टि
१९ वर्षका आहान सुनिल सेट्टि र माना सेट्टिका छोरा हुन् । बहिनी अथियाको बलिउड प्रवेश पछि छिट्टै अहान पनि फिल्मी क्षेत्रमा प्रवेश गर्ने तरखरमा छन् । एक कार्यक्रममा सलमानले भनेका थिए अहानलाई यस क्षेत्रमा प्रवेश गराउने जिम्मेवारी मेरो काँधमा आएको छ ।


अभिमन्यू दसानी
२७ वर्षका अभिमन्यु अभिनेत्री भाग्यश्री र हिमालय दसानीका छोरा हुन् ।पछिल्लो समयमा प्राप्त खबरका अनुसार  अभिमन्यूलाई सलमान खानले यस क्षेत्रमा प्रवेश गराउने छन् । भाग्यश्रीले भने यस विषयको खण्डन गरेकी छन्  ।
 
इसान खट्टर
नीलिमा अजीम र राजेश खट्टरका छोरा ईशान पनि सिने क्षेत्रसँग जोडीन चाहान्छन् । शाहिद कपूरका भाई इशान खट्टरका बारेमा पछिल्ला दिनहरुमा खबर के आएको थियो भने फिल्म निर्माता करण जौहरको फिल्मबाट उनि बलिउडमा  प्रवेश गर्दैछन् र फिल्ममा उनको पार्टनर सैफ अलि खान हुनेछन् ।


सारा अलि खान
सैफअलिकी छोरी सारा २३ वर्ष भईन् । आफ्ना आमा बुवाको कामलाई निरन्तरता दिनको लागी सारा पनि पछि पर्ने सकेंत छैन । सैफ अलि खान र अमृता सिंहकी छोरी साराका बारेमा पछिल्ला दिनमा प्राप्त खबर अनुसार सारा धर्मा प्रोडक्सनको फिल्मबाट यस क्षेत्रमा प्रवेश गर्दै छन् । फिल्ममा उनको अपोजीट शाहिद कपूरका भाई इशान खट्टर रहने बताईएको थियो ।

एलिजा अग्नि होत्री
यी हुन सलमान खानकी भान्जी । हाल पढाईमा व्यस्त एलिजा धेरैपटक आफ्नी आमा अलवीरासँग कायैक्रमहरुमा देखिएकी छिन् । १८ बर्षकी एलिजालाई सलमानले यस क्षेत्रमा ल्याउने सम्भावना धेरै छ ।


तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live