Radio Audio Program

Find us on Facebook

Updates

भविष्यमा आउने समस्याको सकेंत तुलसीले दिन्छ ।

कार्तिक, काठमाण्डौ ।
हिन्दु परम्पराअनुसार प्रत्येक घर आँगनमा तुलसीको बिरुवा रोपीनु राम्रो मानिन्छ । तुलसीलाई हाम्रो धर्ममा देवीको स्थान दिइएको छ । आमा लक्ष्मीको रुपमा यसको पूजा गर्दछन् । तर, के तपाईंलाई थाहा छ ? तुलसीको बिरुवाले नकारात्मक उर्जाले घरपरिवारमा पार्ने हानीबाट रक्षा गर्ने मात्र होइन आउने समस्याहरूको संकेत पनि दिन्छ ।

खासगरी यस्तो मानिन्छ कि जुन घरमा नकारात्मक उर्जाको बास हुन्छ त्यहाँ तुलसीको विरुवा जिवित रहँदैन । हाम्रो शास्त्रमा पनि भनिएको छ कि जुन घरमा समस्या आउने वाला छ या कुनै प्रकारको हानी हुने वाला छ उसका घरमा लक्ष्मी अर्थात तुलसी बाँच्दैन ।

कयौं पटक यस प्रकारका उदाहरण हामीले देखिसकेका छौ । जुन घरमा तुलसीको बिरुवा हराभरा हुँदैन या पटक–पटक लगाउँदा पनि मर्छ भने त्यहाँ सुख सम्बृद्धि हुँदैन । र कुनै न कुनै प्रकारको समस्या परिरहेकै हुन्छ । किनकी जहाँ दरिद्रता, अशान्ति, नराम्रा कुराहरुको बाहुल्यता वा शंका उपशंकाहरुले बास गरेको हुन्छ त्यहाँ कहिले पनि लक्ष्मीको बास हुँदैन । 

यस बारेमा ज्योतिषविदहरुले भनेका छन् कि यो सबै कारण बुध ग्रहका कारण हुन्छ । हरियो रंग जसको प्रतिनिधित्व गर्दछ । ज्योतिष विज्ञानका अनुसार बुध ग्रहलाई रुख विरुवा, वनस्पतिको संरक्षक मानिन्छ त्यसैले हरियो रंगमा बुधको प्रभाव परेको हुन्छ भनिएको छ । 

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live