Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
विश्वका ६ खतरनाक सडक (तस्विरसहित)
सडक हाम्रो जीवनयापनको एउटा महत्वपुर्ण पाटो हो । हामीले एकठाउँबाट अर्को ठाउँमा जानको लागी हामीलाई सडकको आवश्यकता पर्छ । सुरक्षितक यात्राको लागी सुरक्षित सडक हुनु आवश्यक हुन्छ तर त्यहि सडक सुरक्षित भईदिएन भने हाम्रो ज्यानै पनि सडकले लिन सक्छ । हामीले नेपालका सडकहरुलाई नराम्रो र खतरा सडक भनेका छौ तर आज हामी विश्वको ६ वटा खतरनाक सडकहरुको बारेमा जानकारी गराउँदै छौ जो हेरेर तपाई पनि पर्नुहुनेछ छक्क अनि दङ्ग ।
१. प्यासेज डु ग्वोयस, फ्रान्स ।
फ्रान्सको एटलान्टिक तटमा ४ किलोमिटरको नाईटमेयर भन्ने एउटा प्राकृतिक सडक छ । जहाँ एक दिनमा दुईपटक सम्म समुन्द्री छालहरु आउने गर्छ । जसको कारण त्यहाँको सडक दिनमा दुईपटक सम्म पखालिने गर्छन् । समुन्द्रमा आउने यस्तो छाल धेरै नै उर्लिएर आएको खण्डमा ज्यान जोगाउन पनि मुस्किल रहनेछ । त्यसैले त्यहाँको सडकमा सवारी चलाउनु अघि चालकहरुले समुन्द्री छालहरुबाट सजग बन्नैपर्ने हुन्छ ।
२.लक्जर अल हुर्गाडा सडक, ईजिप्ट ।
यो सडक विश्वको पूरानो शहर दक्षिणी ईजिप्टमा पर्छ । यो सडकमा यात्रा गर्दा सवारीको हेडलाईट संगसंगै अन्य सबै बत्तिहरु बन्द गर्नुपर्ने हुन्छ । यो सडकमा हेडलाईट र हर्न ड्राईभरहरुदले नै बाल्न र बजाउन चाहदैनन् किनभने यो सडकको बिचबिचमा डाकाँ साथै आतंककारीहरुको बिगबिगी छ । उनीहरुले जुनसुकै समयमा पनि सवारी चालक माथि आक्रमण गर्न सक्ने कारणले यो सडकलाई खतरनाक सडकको रुपमा चिनिएको छ ।
.jpg)
३. टियामेन सान बिग सडक, चीन ।
यो सडक चीनको टियामेन हिमालयन राष्ट्रिय निकुञ्ज भित्र पर्छ । यो सडकको तल देखि माथि पुग्न ११ किलोमिटरका यात्रा गर्नुपने हुन्छ जुन ठाउँ समुन्द्री सतह बाट १.३०० मिटरको उचाईमा पर्छ । सो सडकमा एकदमै डरलाग्दा घुम्तीहरु छन् । टियामेन सडकको सिरानमा पुग्दा एकदमै रमाईलो अनुभव गर्न सकिन्छ । यो ठाउँलाई प्राकृतिक सम्पदा तथा धार्मिक क्षेत्रले पनि राम्रो ठाउँ मानिन्छ । तर यस ठाउँमा आउने सडक एकदमै खतरनाक छ ।
.jpg)
४.आईरे हाईवे, अस्ट्रेलिया ।
यो राजमार्ग अस्ट्रेलियाको सबैभन्दा ठुलो राजमार्ग हो । पश्चिम र दक्षिण अस्ट्रेलियालाई जोड्न १६७५ किलोमिटर दुरी रहेको यो राजमार्गमा कुनै पनि घुम्ती तथा मोडहरु छैनन् । एक्लोपना, सवारी चालकको थकानको कारणले यो राजमार्गमा थुप्रै दुर्घटनाहरु भएको पाईन्छ । सवारी चालकहरुलाई बिचबिचमा थकाई मार्नको लागी कतिपटक त सरकारले नै फ्रि कफिको ब्यबस्था गरी थकाई मार्ने ठाउँसम्म तयार पारेको थियो । तर अहिले सो राजमार्गको बिच बिचको सडकखण्ड सञ्चालनमा आएता पनि पुरै सडक भने सञ्चानमा आउन सकेको छैन ।
.jpg)
५.जो जिला, भारत ।
भारतको पश्चिमी हिमालयपर्ने यो सडकखण्ड सडक समुन्द्रि सतहबाट ३,५२८ मिटरको उचाईमा छ । हिउँदको समयमा बन्द हुने यो सडक लाडाक र कश्मिर जोड्ने मख्य सडक हो । अप्ठ्यारो भौगोलिक बनावट, एक लेनको साँघुरो बाटो र मौषमको अवस्थाका कारण यो सडक खासै प्रयोगमा आउन सकेको छैन ।
.jpg)
६.स्किपर क्यानन सडक, न्युज्ल्याण्ड ।
न्युज्ल्याण्डको स्किपर क्यानन सडक एक लेनको एकदमै साघुँरो हो । भिरको बिचमा बनेको, १६.५ माईलको उक्त सडक १४० बर्ष पुरानो हो । यो सडक बनाउन घरायसी औजारहरुको प्रयोग गरिएको थियो । दिनको समयमा अत्यन्त राम्रो देखिने यो सडक रातको समयमा भने डरलाग्दा चिजहरु देख्ने गरेको थियो । सन् १९९० देखि उक्त सडकमा सवारीसाधनहरु चलाउनको लागी प्रतिबन्ध लगाईएको थियो तर अहिले त्यस्तो खालको कुनै प्रतिबन्ध लगाईएको छैन ।
.jpg)
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment