Radio Audio Program

Find us on Facebook

Updates

तपाँईलाई थाहा छ यी अभिनेत्रीहरुले कती पढेका छन् ।

कार्तीक, काठमाण्डौ
मानिसका लागि शिक्षा अपरिहार्य छ तर अभिनयको क्षेत्रमा लाग्न कुनै निश्चित योग्यता नै हासिल गर्नुपर्छ भन्ने छैन् । कम शिक्षा हासिल गरेकाहरुले पनि उदाहरणीय काम गरेका थुप्रै उदाहरण संसारमा छन् । हिरोइनहरुको शैक्षिक योग्यता ८ कक्षा वा एसएलसी भनेर व्यङ्ग्य ठोक्ने गरिन्छ । बलिउडमा केहि कम पढेका तर सफल अभिनेत्रीहरु रहेका छन् हेरौं त्यस्ता अभिनेत्रीहरुको नालीबेली

कंगना रनावत : बलिउडमा प्रखर अभिनयबाट छाप छोडेकी कंगना ११ कक्षामा केमेष्ट्री विषय लागे पछि उनले सोचिन, म पढाई  होइन अरु नै केही गर्न जन्मेकी हूँ । त्यस पछि उनले अल इण्डिया प्रि मेडिकल टेष्ट पनि दिइन् तर, त्यसमा पनि सफल हुन सकिनन् । त्यसपछि उनले पढाई छोडेर दिल्ली आएर मोडलिङ सुरु गरिन् ।

क्याटरिना कैफ : १४ वर्षकै उमेरमा मोडलिङ सुरु गरेकी क्याटरिना कैफ सानो उमेर छँदा देखि नै एक देशबाट अर्को देशमा जाँदैमा ठिक्क भएकाले विद्यालय नै जान पाईनन्  । आमाले उनलाई पढ्न र लेख्न सक्ने बनाएकी हुन् ।

करिश्मा कपुर : कक्षा ६ सम्म अध्ययन गरेकी करिष्मा कपुरले १६ वर्षको उमेरमै फिल्ममा अभिनय सुरु गरेको कारण पढाई तिर खासै ध्यानै नगएको उनको भनाई छ  ।  

काजोल : प्राथमिक तह पढ्दै गर्दा काजोललाई ‘बेखुदी’ फिल्ममा प्रस्ताव आयो र उनले फिल्म उद्योगमा प्रबेश गर्ने मौका  पाइन् । त्यसपछि उनले ‘बाजिगर’ फिल्म मा मौका पाइन उनले अभिनय गरेको यो फिल्म हिट भयो । अभिनय तिर लागेकोले उनको पढाई भने फ्लप हुन पुग्यो । त्यतिबेला उनको उमेर १७ वर्षको थियो भने उनी कक्षा १२ मा पढ्दै थिइन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live