Happy

Radio Audio Program

Find us on Facebook

Updates

दयाहाङको सोल्टीनीलाई ग्वाम्मै यसरी जुठो हाले सौगातले (भिडियोसहित)

असोज ४, काठमाण्डौँ । दयाहाङ राई सिने क्षेत्रमा जमेका कलाकार हुन् । रंग क्षेत्रबाट चलचित्रको रंगीन दुनियाँमा प्रवेश गरेका उनी अझैसम्म सोल्टीनीकै पखाईमा छन् । मण्डला नाटकघरसमेत नेतृत्व गरिरहेका दयाहाङ चलचित्रमा उत्तिकै व्यस्त छन् । चलचित्रका पर्दामा थुप्रै नायिकासँग हेलमेल भएपनि अझै किन उनी सोल्टीनीको पर्खाइमा रहेका होलान् ? सोल्टीनीको पखाईमा रहेको स्पष्ट पार्दै उनले केहि समय अघि भनेका थिए,“मनी एट्रयाक्स मनी, लभ एट्रयाक्स लभ । त्यो मनले यो मनको कुरा कसो नबुझ्ला ? 
चलचित्र कबड्डीलाई धेरैले मन पराए । तर, कबड्डीको कथा अपुरो जस्तो धेरैलाई लागेको हुनुपर्छ । मुस्ताङ घुम्न पुगेका विवेक (निश्चल) सँग भागेकी मैँया (रिश्मा गुरुङ) मेरी गाउँ फर्केकी थिईन । गाउँ फर्केकी सोल्टीनीले आफ्नो प्रेम स्वीकार गर्छिन की भन्ने आश काजी (दयाहाङ राई) मा फेरी पलाएको थियो । फिल्मले मैँयालाई गाउँमा पुर्यायो । काजी र विवेक दुबैलाई रित्तो पारेर मैँया फेरी पढ्न थाल्छीन् । फिल्ममा अब के होला भन्ने जिज्ञासा सबैमा पलाएको थियो । 
त्यो जिज्ञासा अब मेटिने निश्चित भएको छ । चलचित्र कबड्डीको सिक्वेल कबड्डी कबड्डीले त्यो जिज्ञासा मेटाउने भएको हो । कबड्डी कबड्डीको सार्वजनिक ट्रेलरमा दयाहाङ (काजी) अझै सोल्टीनीको पखाईमा देखिएका छन् । तर, मैँयालाई यो पटक फेरी अर्का पर्यटक सौगातले म्वाई खाएका छन् । ब्ल्याक हर्स पिक्चरको ब्यानरमा निर्माण भएको कबड्डी कबड्डी सामाजिक कथावस्तुमा आधारीत हाँस्यप्रधान चलचित्र हो । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङलगायतको अभिनय छ । रामबाबु गुरुङले निर्देशन गरेका चलचित्रको कथा लेखनमा उपेन्द्र सुब्बाको पनि सहयोग रहेको छ । कालीप्रसाद रिजालको संगीत रहेको कबड्डी कबड्डीमा निश्चल बस्नेत, ओम चन्द रौनीयार, अर्जुन कार्की, रौनक विक्रम कडेल, सुनिल चन्द रौनियारको लगानी छ । चलचित्र कबड्डी कबड्डीको अर्को साढे ३ मिनेटको प्रोमो रिलिज भएको छ । हेर्नुहोस भिडियो । चलचित्र मंसीर ११ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ । 

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live