Radio Audio Program

Find us on Facebook

Updates

डिभोर्स बिना नै दोस्रो विहे गर्ने बलिउड स्टार ।

असोज ,काठमाण्डौ
बलिउड अभिनेत्री हेमा मालिनी १६ अक्टोवरमा ६७ बर्षकी हुदैछिन् । हेमालाई सिने जगतमा
 ड्रिम गर्ल, बसन्ती लगाएतका नाम दिईएको छ ।  हेमाले सौतामाथि विहे गरेकी थिईन् जसलाई धमेन्द्रले डिभोर्स दिएका थिएनन् । हेमाकै जन्मदिनको अवसरमा आज हामी तपाँईलाई बलिउडका  केहि स्टार जसले पति पत्नीसँगको डिभोर्स बिना नै दोस्रो विहे गरे उनिहरुको बारेमा बताउँदै छौ ।

 

हेमा मालिनी र धमेन्द्र
बलिउडकी ड्रिम गर्ल हेमा मालिनी र अभिनेता धमेन्द्रको प्रेमले सारा बलिउडलाई नै दङग बनाएको थियो । यति मात्रै नभएर उनिहरुको विहेको खबरले त सबैको बोलि बन्द भएको थियो । धमेन्द्रले आफ्नी पहिली पत्नीबाट जन्मीएकी जेठी छोरीको विहे गरिसकेपछि हेमासँग विहे गरेका थिए । त्यस्तै सनि देओल आफ्नो सिनेमा रिलिजको तयारीमा थिए । बबि देओल र सनि देओल हेमाका स्टेप सनहरु हुन् । धमेन्द्रको पुरा परिवार यस विहेको विरोधमा थियो र उनकी पहिली पत्नीले उनलाई डिभोर्स दिन पनि मानेकी थिईनन् । प्रेम र परिवालाई व्यवस्थापन गर्दै धमेन्द्रले हेमासँग आफ्नो धर्म परिवर्तन गरेर दोस्रो विहे गरेका थिए ।

उदित नारायण र दिपा 
प्लैब्याक सिङगर उदित नारायण
झाले पनि आफ्नी पहिली पत्नीसँग डिभोर्स नगरिकनै दिपासँग दोस्रो विहे गरेका थिए । उनकी पहिली पत्नीको नाम थियो रञ्जना झा । उदितले दिपासँग विहे गरेपछि रञ्जनाले उजुरी पनि हालेकी थिईन् । हाल भने सबै ठिकठाक नै छ । उदित र दिपाका एक छोरा आदित्य पनि बलिउडमा नै जम्ने प्रयासमा छन् ।


सजंय खान र जिनल अमान
अभिनेता सजंय खान र जिनल अमानको प्रेम कसैसँग पनि लुकेको थिएन तर भनिन्छ यो जोडीले लुकरे विवाह गरेको थियो ।  जिनल सँग चिनजान हुदा सजंय दत्त विवाहित भएर पनि पिता बनिसकेका थिए । तर पछि एक बर्षमै दुवैको डिभोर्सको खबर आयो र सजंय आफ्नी पहिली पत्नी जरिनसँग बस्न थाले ।


सलिन खान र हेलन
स्क्रीप्ट राईटर सलिम खानकी पहिली पत्नीको नाम थियो सलमा खान । जोसँग उनको सन् १९५९ मा चिनजान भएको थियो । एक अन्र्तवार्तामा सलिमले बताएका थिए विवाह भन्दा पहिले सलिम र सलमाको पाँच बर्ष को अफेयर चलेको थियो । सन् १९८१ मा उनले सलमालाई डिभोर्स दिए विना नै हेलेनसँग विवाह गरेका थिए । हाल सबै खान परिवार एकै ठाउँमा बस्छन् । पुरै  खान परिवार  बलिउडमा जमेका छन् ।
 अभिनेता सलमान खान सलिम र सलमाका छोरा हुन् ।

राज बब्बर र स्मीता पाटिल 

बलिउड अभिनेता राज बब्बर विवाहीत थिए । उनकी पहिली पत्नीको नाम नहिरा जहिर थियो । अभिनेत्री स्मीता पाटिलसँग उनको अफेयरको पनि निकै चर्चा भएको थियो । विवाहित भएपनि उनले डिभोर्स नगरिकनै स्मीतासँग दोस्रो विहे गरेका थिए । तर यो विवाह धेरै समय भने टिक्न सकेन । छोरा प्रतिक बब्बरलाई जन्म दिएको केहि घण्टामै स्मीताले यो संसार छोडेकी थिईन् । त्यसपछि उनि आफ्नी पहिली पत्नीसँगै रहन पुगे । प्रतिक हाल बलिउडमा सघंर्ष गरिरहेका छन् ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live