Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ल हेर्नुहोस् निद्राबाट हुने फाइदा के के रहेछन् त
असार,काठमाडौ । कुनै मानिसले आज कस्तो अल्छी लाग्या छ, शरीर पनि भारी भै राख्याछ, काम गर्ने जाँगर पनि छैन, हिँडडुल गर्न मन लागेन भन्यो भने मानिलिनुहोस् उसले त्यो रात उसको निद्रा नपुगेको ठहर तपाईले गर्न सक्नु हुन्छ । किनकी रातको निद्राले दिनभरको थकाइ र तनाव कम गर्छ ।
भोलिपल्ट बिहान उठ्दा शरीरमा ताजाकी महसुस हुनुका साथै भरपूर इनर्जी पनि प्राप्त हुन्छ । डाक्टर, डाइटिसियन तथा मनोवैज्ञानिकका अनुसार ६ घन्टाभन्दा कम सुत्नेलाई विभिन्न समस्याले घेर्न थाल्छ । अपुग निद्रा नै रोगको कारण बन्न जान्छ । तर, राम्रो निद्राले फाइदै–फाइदा दिन्छ ।
व्यक्तित्वमा असर
पूरा निद्रा लिने व्यक्तिको शरीर तन्दुरुस्त हुनुका साथै दिमागसमेत सक्रिय रहिरहन्छ । राम्रो निद्राले व्यक्तित्वमै सकारात्मक असर छोड्छ । राम्रो निद्रा नलिनेहरूको शरीरमा चिडचिडापन, झुम्म हुनेजस्ता समस्या देखिन्छन् । अनिदोपनले व्यक्तिलाई झगडालुसमेत बनाउने हुँदा व्यक्तित्वमै नकारात्मक असर पार्छ ।
तौल कायम
युवा अवस्थामै शरीरको तौल आवश्यकताभन्दा बढी हुँदा धेरै हैरानीमा पर्छन् । युवतीहरू ‘जिरो फिगर’ र युवकहरू ‘सिक्स प्याक्स एब’ बनाउन मरिहत्ते गर्छन् । तर, खानपिन र अनियमित निद्राले यो चाहनामा सबैभन्दा बढी धोका दिने गर्छ । यदि राम्रो निद्रा लिएमा शरीरमा पैदा हुने हर्मोनहरू व्यवस्थित हुने भएकाले तौल सधैँ नियमित राख्न मद्दत गर्छ ।
मुटु सक्रिय
राम्रो निद्रा नपर्दा सबैभन्दा बढी असर मुटुमा पर्न जान्छ । निद्राको कमीकै कारण हर्ट अट्याक तथा स्ट्रोकको खतरा निम्तिने सम्भावना बढी हुन्छ । यसले व्यक्तिको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ । आठदेखि नौ घन्टा निदाउँदा रक्तचाप नियमित रहन्छ ।
तनावमुक्त
पारिवारिक र अफिसियल व्यस्तताको कारण देखाउँदै धेरै तनावमा रहेका देखिन्छन् । आम मान्छेहरू कुनै न कुनै रूपले तनावमा गुज्रिरहेका हुन्छन् । तर, यसको भित्री कारण उचित निद्रा नपुग्नु पनि एक हो भन्छन्, चिकित्सकहरू । राम्रो निद्राले शरीरलाई आरामको महसुस मिल्नुका साथै उच्च रक्तचाप र डिप्रेसनजस्ता समस्यामा राहत मिल्छ ।
मरेका सेल्स पुनर्जी्वित
निद्राको अपुगसँगै उत्पन्न हुने तनाव तथा प्रदूषण र अल्ट्रभायलेट किरणले शरीरका सेल्सहरू मर्ने गर्छन् । यसले जवान मुहारमै बुढोपन ल्याउने गर्छ । यदि नियमित आठदेखि नौ घन्टा आरामले निदाउने हो भने मरेका सेल्सहरूसमेत पुनर्जी्वित हुनेछन् ।
इन्फेक्सनबाट बचाऊ
अनावश्यक हर्मोन र स्ट्रेसका कारण शरीरमा कुनै न कुनै प्रकारको इनफेक्सन हुने गर्छ । शरीरमा हुने केमिकल्समा गडबडी आउनुको कारण निद्राको कमी नै हुने गरेको डाक्टरहरू बताउँछन् । त्यसैले अनेकन इनफेक्सनबाट बच्न उचित निद्रा अपरिहार्य छ ।
लामो आयु
दीर्घायुका लागि पनि निद्रालाई नियमित राख्नु आवश्यक छ । निद्रामा आउने कमीले क्यान्सर, डायबिटिजजस्ता रोगलाई निम्ता गर्न सक्छ ।
कुन उमेरका व्यक्तिले कति समय निदाउने ?
वयस्कहरूले कम्तीमा आठदेखि नौ घन्टा निदाउनुपर्ने हुन्छ ।
एकदेखि पाँच वर्षका बालबालिकाले कम्तीमा ११ देखि १३ घन्टा निदाउनुपर्ने हुन्छ ।
पाँचदेखि १० वर्षका बालबालिकाले कम्तीमा १० देखि ११ घन्टा निदाउनुपर्ने हुन्छ । नयाँपत्रिका दैनिक





Post Comment