Radio Audio Program
- Filmy Check Post [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
नायिका निशाले भनिन्, देविजस्तै बन्नु महादेवजस्तै बुढा माग्नु
भदौ ३०, काठमाण्डौँ
नेपाली नारीहरु तिज पर्व मनाईरहँदा नायिका निशा अधिकारी अफ्रिकाको हिमाल किलीमान्जरो आरोहणको तयारीमा व्यस्त छिन् । अमेरिकामा रहेकी निशा ५ हजार ८ सय ९५ मिटर अग्लो हिमाल चढ्ने तयारीमा छिन् । उनले केहि घण्टा अघि मात्र हिमाल चढ्ने रुट फेसबुकमार्फत सार्वजनिक गरेकी थिईन् । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी निशाले किलीमान्जरोमा नेपालको झण्डा पनि फहराउने छिन् । बालबालीकाको लागि न्यानो कपडा सहयोग जुटाउन उनी किलीमान्जरो चढ्न लागेकी हुन् ।
विदेशमा व्यस्त रहेपनि निशाले नेपाली सँस्कृतिलाई झन् धेरै सम्झीने गरेकी छिन् । उनले तिजको अवसरमा फेसबुकमार्फत नै सबैलाई शुभकामना दिएकी छिन् । उनले फेसबुकमा हँस्यौली र ठट्यौली शैलीमा शुभकामना प्रदान गरेकी छिन् । उनको शुभकामनामा महिला सशक्तिकरणको सन्देश पनि रहेको छ । फेसबुकमा उनले लेखेकी छिन्, “महादेवजस्तै बुढा माग्नुको साथै आफु पनि देवीजस्तै शक्तिशाली बन्न सकु भनेर माग्न चाहिँ नर्बिसनु होला है ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।





Post Comment