Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अब गर्भवती हुन पनि कम्पनीको स्वीकृति चाहिने रे !
असार २०, काठमाडौं ।हालसालै एक चिनियाँ कम्पनीले आप्mना कर्मचारीहरू गर्भवती हुनुअघि स्वीकृति लिनुपर्ने योजना बनाएको जनाएको छ । एक वर्षभन्दा बढी समय काम गरेका युवतीले मात्र यस्तो निवेदन दिन सक्नेछन् ।
कम्पनीको स्वीकृतिविना गर्भवती भएमा उनीहरूलाई सजाय दिन सकिने पनि चेतावनी दिइएको छ ।
हेनान प्रान्तको एउटा वित्तीय संस्थाका कामदारहरूलाई बच्चा जन्माउन मन लागे योजना सहितको तालिका पनि निवेदन साथ पेश गर्नुपर्ने जनाएको छ ।
सो योजनलाई लिएर सामाजिक नेटवर्क र सरकारी सञ्चारमाध्यममा तिरस्कार गरिएको छ । जानकारी अनुसार सो कम्पनीले आप्mना कामदारलाई मानवभन्दा पनि उत्पादनको औजारको रूपमा व्यवहार गर्न थालेको भनेर टिप्पणी गरेका छन् ।
कम्पनीको निर्णयले त्यहाँ कार्यरत कामदारलाई समेत निराश बनाएको समाचारमा जनाइएको छ । कम्पनीले तोकेको तालिकाअनुसार गर्भवती हुन सम्भव नहुने एक कर्मचारीले टिप्पणी गरेका छन् ।
हालसालै प्रशस्त युवतीलाई भर्ना लिएको कम्पनीले भने युवतीहरू एकै समयमा सुत्केरी बिदा लिन सक्ने र कम्पनीको काममा बाधा पर्ने भएकोले यस्तो योजना ल्याउन लागेको जनाएको छ ।
कम्पनीका अनुसार यो त केबल प्रस्तावित योजनाको मस्यौदा मात्र भएकोले कामदारहरु आत्तिनुपर्ने अवस्था नरहेको कामदारको राय बुझेर पछि मात्र निष्कर्षमा पुगिने बताए । राजधानी दैनिक





Post Comment