Radio Audio Program
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
Find us on Facebook
Updates
घरमा लगाउनु होस मनी प्लान्ट तर कहिल्यै नलगाउनुहोस् काँडेदार फुल
असार,काठमाडौं । वास्तुशास्त्रको अनुसार जसरी घरका हरेक हिस्साले हाम्रो जीवनलाई प्रभावीत बनाएको हुन्छ । त्यसैगरी घरमा सजावटको लागि राखीएका विभिन्न खालका विरुवाहरुले पनि हाम्रो जीवनमा अप्रत्यक्ष प्रभाव पारेको हुन्छ । हामीले जानी नजानी त्यस्ता खालका विरुवाहरु राख्ने गरेका हुन्छौं । जसको कारणले बास्तु दोष उत्पन्न हुन्छ । जानी राखौं कस्ता खालका विरुवाहरु घरमा राख्नु राम्रो कस्ता नराम्रो मानिन्छ ।
१. वास्तु शास्त्रका अनुसार घरमा मनि प्लाण्ट लगाउनु शुभ मानिन्छ । ज्योतिष शास्त्रका अनुसार मनी प्लाण्ट शुक्र ग्रहका कारक हो । मनी प्लाण्ट घरमा लगाउनाले पति–पत्नीको सम्बन्ध मधुर हुन्छ ।
२. घरमा काँडेदार वा हाँगा काट्दा वा पात चुँडिदा दुध जस्तो सेतो तरल पदार्थ निस्कने कुनै पनि प्रकारका विरुवाहरु लगाउनु राम्रो मानिँदैन । किनकी काँडाले नकारात्मक उर्जा उत्पन्न गर्छ । लगाई हाले पनि गुलाव जस्ता साना काँडा भएका लगाउन सक्नु हुन्छ तर यसलाई घरको छतमा जसलाई हम्मेशी छुन सकिँदैन ।
३. घरमा बाँसको विरुवा लगाउन सक्नुहुन्छ । किनकी बाँसको विरुवा सुख समृद्धिकोे प्रतिक मानिन्छ ।
४. घर या कार्यस्थल दुकान या अफिस सकारात्मक भावनाको विकास गर्नको लागि जहिले पनि ताजै फुल्ने फुलहरु लगाउनु राम्रो हुँन्छ । ताजा देखिने फुलहरु जुन देख्ने वित्तिकै सकारात्मक भावनाको विकास पैदा गर्छ शरीरमा ताजापन सौभाग्य बृद्धि गर्छन । छिट्टैै वैलाउने फुलहरु सकेसम्म नलगाउनु त्यस्ता फुलले नकारात्मक भावना सिर्जना गर्छन ।
५. तुलसीको विरुवा नछुटाउनुहोस यो असाध्यै कल्याणकारी, बहुउपयोगी, पवित्र एवम् शुभ मानिन्छ । तुलसीमा एन्टीवायोटिक सहित अनेक औषधीय गुण हुन्छ । यसको स्पर्श र हावाले मात्रै पनि धेरै लाभ दिन्छ । यसर्थ यसलाई अनिवार्य लगाउनु राम्रो मानिन्छ । यसको धार्मिक पक्ष पनि धेरै राम्रो छ जसले मानव जीवनमा राम्रो प्रभाव पार्छ । तुलसीले हावालाई स्वच्छ राख्न पनि प्रमुख भूमिखा खेल्छ । यसलाई अन्य फुलहरुको बिच बिचमा लगाउनु राम्रो हुन्छ । घरको जुनसुकै कुनामा पनि लगाउन सकिन्छ । फोहर ठाउँमा यसलाई कहिल्यै नलगाउनु होला ।
६. बेडरुममा जुनपायो त्यही विरुवा नलगाउन होला । यसले वैवाहिक जीवनमा नराम्रो असर पर्न सक्छ । डाइनिङ र ड्रइङ रुममा गमला राख्न सकिन्छ ।
७. यदी घरको कुनै पर्खालमा पीपलको विरुवा उम्रेको छ भने त्यसलाई हटाउनुहोस या हटाएर पुजा गरी गमलामा लगाई दिनु राम्रो हुन्छ । पिपललाई बृहस्पति ग्रहका कारक मानिन्छ ।
८. गुलाब, चम्पा या चमेलीको विरुवा घरमा लगाउनु राम्रो मानिन्छ । किनकी यसले मानसिक तनाब या डिप्रेशनमा कमी ल्याउँछ ।
९. बेडरुमको नैऋत्य कोणमा टेराकोटा या चिनीया माटोको पूmलदानी (गमला)मा सूर्यमूखिको असली या नक्कली पूmल लगाउन या राख्न सकिन्छ ।
१०. साना साना बोट हुने खालका फुलका विरुवाहरु घर वरी परिको नमिलेको जमिनमा लगाउँनाले त्यस्तो जमीन एकनासको देखिन सक्छ जसले घरको सौन्दर्यतालाई बढाउँछ ।
११. घरमा खुबै राम्रा पत्ता भएका साइकस, एक्लिया, अर्लिया, फिलोडेण्ट्रोन, ऐरिका आदि लगाउन सकिन्छ ।
१२. बास्ना आउने फुलका विरुवा चम्पा, नागचम्पा, चमेली, बेली, रातरानी आदि फुल लगाउन सकिन्छ । तर यिनीहरुलाई घरको बाहिर लगाउन सकिन्छ ।
१३. घरमा नक्कली विरुवा सकेसम्म नलगाउनु यस्ता नक्कली फुलविरुवा हेर्दामात्र राम्रा देखिन्छन् तर शुभ मानिदैनन् ।
१४. ठूला ठूला वृक्ष हुने फूलका बोटलाई दक्षिण पश्चिम भागमा घरको गारो भन्दा केही टाढै लगाउनु राम्रो मानिन्छ ।





Post Comment