Radio Audio Program

Find us on Facebook

Updates

चर्चित टि भि अभिनेता जसले दिए सिनेमामा बोल्ड सिन ।

मंसिर ३, काठमाण्डौँ । बलिउड सिनेमामा लिप लाँक , लव मेकिङ,ईन्टीमेट सिन कुनै ठुलो कुरा हैन । यस्ता सिनहरु  दिनप्रतिदिन सामान्य बन्दै गईरहेका छन् ।  ठुलो पर्दाका अभिनेता तथा अभिनेत्री मात्रै नभएर सानो पर्दाका अभिनेता तथा अभिनेत्रीहरु पनि यस्ता सिन दिन कम छैनन् र पछी पनि हट्दैनन् । आज हामी तपाँईलाई बलिउडका केहि स्टारको बारेमा बताउँदैछौ जसले टेलिभिजन दुनियामा राम्रो पहिचान बनाए र सिनेमामा बोल्ड सिनबाट प्रवेश गर्न पछी परेनन् । 

करन सिंह ग्रोभर
करनले सिनेमा एलोनबाट बलिउड प्रवेश गरे । उनको पहिलो सिनेमामा नै धेरै यस्ता सिनहरु थिए । उनले एलोनमा अभिनेत्री विपाषा बसुसँग रोमान्स गरे । त्यस्तै हालै मात्र उनको सिनेमा हेट स्टोरी ३ मा अभिनेत्री डेजी शाहसँग  दिएका बोल्ड सिनहरुले चर्चा पाईरहेका छन् ।

जय भानुसाली
टी भी अभिनेता जय भानुसालीले सिनेमा हेट स्टोरी २ बाट सिनेमामा प्रवेश गरे । यस सिनेमामा उनले अभिनेत्री सुरविन चावलासँग धेरै बोल्ड सिनहरु दिएका छन् । टेलिभिजनमा  उनलाई डान्स ईन्डीया डान्सको होस्टका कारण राम्रो पहिचान मिलेको थियो ।

मनिष  पल
आफ्नो उद्घोषण कलाबाट  मनिषले धेरै प्रशंशकहरु बनाएका छन् । उनिबाट कसैले पनि यो आसा राखेको थिएन  कि उनले सिनेमामा बोल्ड सिन दिन्छन् भन्ने । बलिउडमा उनले सिनेमा मिक्की भाईरसबाट प्रवेस गरेका हुन् । उनले यस सिनेमामा अभिनेत्री एलि अब्राहमसँग ईन्टीमेन्ट सिन दिएका थिए ।

करन मेहरा
टेलिभिजन अभिनेता करनले सिनेमा रागिनी एम एम एस २बाट बलिउडमा प्रवेश गरे । यस सिनेमामा उनले सनि लियोनीसँग धेरै ईन्टीमेट सिनहरु दिएका छन् । 


सुसान्त सिंह राजपुत

टेलिभिजन दुनियामा सफलता पाएपछी सिनेमामा  गएका अर्का अभिनेता हुन् सुशान्त सिंह राजपुत । उनले एकता कपुरको टेलिसिरियल पवित्र रिश्तामा निभाएको मानवको रोलबाट चर्चा पाएका थिए ।  उनले बलिउडमा सिनेमा काई पो छे बाट डेब्यु गरेका थिए । जसलाई धेरैले मन पराए । यस सिनेमामा भने रोमान्सको कुनै सिन थिएन तर दोसा्रे सिनेमा शुद्ध देसी रोमान्समा भने उनले देसी रोमान्स नै गरे । यस सिनेमामा परिण्ीती चोपडा र बानी कपुसँग उनले लिप लाँक सिन दिएका थिए ।

आयुस्मान खुराना
गायक तथा नायक आयुस्मान खुरानाले एम टि भी रोडीजबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।  त्यसपछी उनले सिनेमा विक्की डोनरमा काम गर्ने मौका पाएका थिए । स्पर्म डोनर शिर्षकमा बनेको बलिउडमा यो पहिलो सिनेमा थियो । यस सिनेमालाई धेरैले मन पराएका थिए  र कमाईमा पनि सिनेमा अघि नै थियो । सिनेमामा उनको को स्टारको रुपमा अभिनेत्री यामी गौतम थिईन् । यामिसँग उनले  लव मेकिङ सिन दिएका थिए ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live