Radio Audio Program

Find us on Facebook

Updates

गर्लफ्रेण्डसँग बरुन ।

मङसीर, काठमाण्डौ
अभिनेता बरुन धवन धेरैको मन पर्ने अभिनेता हुन् । उनलाई प्राय सबैले ह्याण्डसम हिरो भन्ने गर्छन् । बिशेष गरी उनका महिला प्रशंसकहरु बढी छन् । हालै मात्र बरुन आफ्नी गर्लफ्रेण्ड नताशा दलालसँग फेला परेका छन् ।  यो जोडि डिनर गर्नको लागी गएका थिए । डिनरका साथसाथै त्यहाँ उनीहरुले केहि समय एकअर्काको साथमा बिताए ।

जानकारी अनुसार बरुन शुटिङ पछीको फुर्सदमा पनि नताशासँगै समय बिताउँछन् । यी दुई धेरैपटक ट्रिपमा पनि गईसकेका छन् । केहि समय अघि मात्रै यो जोडीले माल्दिभ्समा बिदा मनाएका थिए ।

बरुनले सधै नताशा र आफ्नो सम्बन्धलाई मात्र मित्रताका नाम दिन्छन् । उनले अहिलेसम्म मिडियासँग आफ्नो गर्लफ्रेण्डको रुपमा नताशालाई चिनाएका छैनन् । तर उनी नताशालाई निकै माया गर्छन् भन्ने कुरा खुलासा भइसकेको छ । बरुन अब सिनेमा दिलवालेमा छिट्टै दर्शकमाझ आउदैछन् ।

तपाई  Facebook, Twitter   Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 

Post Comment

Radio Audio Live