Radio Audio Program

Find us on Facebook

Updates

​४० बर्ष पार गर्दा पनि बलिउडमा राज गरिरहेका १० अभिनेत्री

कार्तिक १४, काठमाण्डौ
कलालाई उमेरले छेक्दैन । त्यसैले बालक, वृद्ध वा युवा सबै कला क्षेत्रमा रहन सक्छन् । रमाउन सक्छन् । कसैले लामो समयसम्म दर्शकको साथ पाईराख्छन् त कतिपयको अभिनय यात्रा छिट्टै टुंगीन पुग्छ । अभिनेताहरु जीवनको उत्ताराद्र्धसम्म सिनेमामा जमीरहेका देखिन्छन् । तर, अभिनेत्रीहरु चर्चा ढल्कीँदो उमेरसँगै सेलाउँदै जान्छ । यद्यपी, केहि यस्ता बलिउड अभिनेत्री छन्, जो जीवनको ४० वर्ष पार गरेपनि सिने क्षेत्रमा राज गरिरहेका छन् । यी हुन् त्यस्ता १० अभिनेत्री ।
 
ऐश्वर्या राय
सन् १९७३ नोभेम्बर एकमा अभिनेत्री ऐश्वर्याको जन्म भएको थियो । एक छोरीकी आमा ऐश्वर्या पनि जती उमेर ढल्कीएपनि फिट छिन् । विवाह गरेपछि केहि समय सिनेमाबाट टाढीएकी अभिनेत्री सिनेमा जज्बासँगै  अभिनयमा फर्किएकी छिन् । नोभेम्बर एका ऐश्वर्या ४२ बर्षकी पुग्दैछिन् ।

माधुरी दिक्षित

सन् १९६५ मे १५ मा जन्मेकी माधुरी पचास बर्ष पार गरिसकेकी अभिनेत्री हुन् । तर उनको उमेर ३०, ३५ जस्तो देखिन्छ । बलिउडकी डान्स बेवो माधुरीका दुई छोरा छन् । उनका पति डक्टर भएर पनि होला उनलाई बढ्दो उमेरमा पनि कसरी फिट रहने भन्ने कुरा अरुलाई भन्दा बढि थाहा छ ।

सोनाली बेन्द्रे
अभिनेत्री सोनाली बेन्दे्रपनि १ जनवरी २०१५ मा ४० बर्ष पुगिन् । उनि हालसम्म बलिउडमा सक्रिय त छिन् नै आफुलाई फिछ पनि राखेकी छिन् । सोनालीले सन् २००२ मा विवाह गरेकी हुन् ।

सिल्पा सेठ्ठी
सन् १९७५ जुलाई ८ मा जन्मेकी सिल्पा अझै पनि बलिउडमा सक्रिय छिन् । उनी रियालिटी शोहरुमा देखा पर्ने गर्छिन् । सिल्पा २०१५ मा ४० बर्ष पुगिसकेकी छिन् । व्यवसायि राज कुन्द्रसँग विवाह गरेकी सिल्पा पनि एक छोराका आमा हुन् । सिल्पाको फिटनेसको राज योगा भएको बताईएको छ । उनी दिनहुँ योगा गर्छिन् ।

 

प्रिती जिन्टा
३१ जनवरी १९७५ मा जन्मेकी अभिनेत्री प्रिती बलिउडकी डिम्पल गर्लको रुपमा परिचित छिन् । यतिमात्रै हैन उनी धेरै पढ्ने सेलिब्रेटीको सुचिमा पनि सामेल छिन् । प्रिती बलिउडमा अझै पनि सक्रिय देखिन्छीन् । उमेरले चालिस बर्ष लागेपनि उनी हालसम्म अविवाहित नै छिन् ।

करिश्मा कपुर
अभिनेत्री करिश्मा कपुर नपढेर पनि बलिउडमा राज गर्ने अभिनेत्रीमा पर्छिन् । उनले दर्जनौ सिनेमामा काम गरेर सबैको मनमा बसेकी छिन् । सन् १९७४ जुन २५ मा मुमबईमा जन्मेकी करिश्मा पनि ४२ बर्ष पुग्दैछिन् । उनि पनि चार दशक नाघ्दा जस्ताको तस्तै देखिन्छिन् । करिश्माका दुई सन्तान छन् ।

सुश्मीता सेन
सन् १९७५ नोवेमबर १९ मा सुश्मीताको जन्म भएको हो । उनी पनि यसै बषैदेखि ४० बर्षकी भईन् । अविवाहित सुश्मीताले दुईजना धर्मपुत्री पालेकी छिन् ।

मलाईका अरोडा खान

अभिनेत्री भन्दा बढि आईटम गर्ल मलाईका अरोडा खान एक छोराकी आमा हुन् । उनले अरवाज खानसँग बिहे गरेको पनि दुई दशक बित्न लाग्यो । अहिले पनि उनी बलिउडमा छाईरहेकी छिन् ।

रबिना टडंन
अभिनेत्री रबिनाले बलिउडमा निकै राज गरिन् । सन् १९७४  अकटोवर २६ मा भएको हो । २०१५ मा उनि ४१ बर्षकी भईन् । अनिल टदांनीसँग सन् २००४ मा विवाह गरेकी रविना  चार सन्तानकी आमा हुन् ।

तब्बु
सन् १९७०  नोभेम्बर ४ मा जन्मेकी तब्बु २०१५ को नोभेम्बरमा ४५ बर्ष पुग्दैछिन् । अविवाहित तब्बुको चर्चा विवाह नगरेका कारण पनि बलिउडमा बढी हुन्छ । उनी एक पछि अर्को सिनेमामा अहिले व्यस्त छिन् । जय हो, दृश्यम लगायतका सिनेमाले उनलाई पछिल्लो समयमा बलिउडमा उचाई दिएको छ । उमेरले नेटो काट्न लाग्दा पनि उनी आफ्नो करियरलाई नै ध्यानमा राखेकी छीन् ।

तपाई  FacebookTwitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live