Radio Audio Program

Find us on Facebook

Updates

बुटवल र भैरहवा घुम्दै सुब्बा साब ।

असोज ८, काठमाण्डौँ । राजु अधिकारीको निर्देशन निर्माण भैरहेको चलचित्र ‘सुब्बा साब’ को छायांकन यति बेला बुटवल र भैरहवाको विभिन्न ठाउमा भै रहेको छ  । पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सुब्बा साब’ निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्व को मुख्य कथा हो । पूर्ण रुपमा पारिवारिक कथामा   निर्माण भएको यस चलचित्रमा नयाँ पुराना चलेका ठुला स्टारहरुको अभिनय रहेको छ । चलचित्रमा जीवन लुईटेल, सरोज खनाल ,गौरी मल्ल, गणेश उप्रेती, बर्षा सिवाकोटि, महिमा सिलवाल जान्बी बस्नेत, दिपक ढकाल,अर्जुन गौतमको मुख्य भूमिका रहेको छ  ।

चलचित्रलाई जीवन अर्याल र रामबहादुर कोइरीले निर्माण गर्न लागेका हुन । मौनता श्रेष्ठको पटकथा, हिरामणि न्यौपानेको कथा तथा संगीत र पवन गौतमको छायांकनमा ‘सुब्बा साब’ को करिब ३० प्रतिशत सुटिङ सकिएको छ । चलचित्रका  केन्द्रिय पात्र सुब्बाको रुपमा अभिनेता सरोज खनाल देखिने छन् । नाई नभन्नु ल ४ को छाँयाकन पनि भइरहेकाले समय मिलाउन सुब्बा साब अर्थात सरोज खनाललाई मुश्किल परिरहेको उनी बताउँछन् ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live