Radio Audio Program

Find us on Facebook

Updates

अनिता विन्दुले बुलाखी लाएर समाचार पढ्न पाईनन् । (भिडियोसहित)

भदौ २४, काठमाण्डौँ । पेशाले पत्रकार हुन् अनिता विन्दु । नेपाल टेलिभिजनको समाचार हेर्नेहरुका लागि परिचित छिन् । कतिपय डकुमेन्ट्रिहरुलाई पनि उनको आवाजले अझै मिठासपूर्ण बनाउने गरेको छ । त्यहि मिठो स्वरकी धनी अनिता विन्दुको तिज गीत बाहिरीएको छ । गीतमा उनको स्वर त यसै पनि मिठो छ । शब्दहरु पनि उत्तिकै मिठो र मौलिक छन् । गीतमा समावेश केहि शब्द यस्ता छन् ।

सबैले लाउँछन् नथिया नाकमा, म मन पराईन लाईन बरिलै
बुलाखी लाउने रहर हो मलाई, हरायो चलन पाईन बरिलै
आठैमा लाली आँखैमा गाजल, म मन पारईन लाईन बरिलै
आफ्ना माईती गण्डकी पारी, खोली बढेर आईन बरिलै
हिमालको काखमा तिजको रमझम, आउ चेली नाचौँ छम छम छम
पराईलाई जीवन सुम्पीए पनि, चेलीलाई प्यारो माईती गाउँ
अरुले लाउँछन् विदेशी पहिरन, म मन पराईन लाईन बरिलै
आफ्नै भाका नेपाली पनका, विदेशी गीत गाईन बरिलै
सोह्र श्रृंगार चाहिँदैन मलाई, चुरा पोते त लाउँछु बरिलै
यो तिजमा आउन पाईएन आमा, अर्को साल पक्कै आउँछु बरिलै ।

शाई भिजन प्रस्तुत गरेको म मन पराईन लाईन बरिलै बोलको गीतमा लोकमणी सापकोटाको शब्द रहेको छ । लोकमणीकै संगीत रहेको गीतको भिडियो भने प्रकाश भट्टले गरेका हुन् । गीतमा नेपाली मौलिकता झल्कीएको भन्दै पत्रकार मिलन तिमिल्सिनाले फेसबुकमा यस्तो लेखेका छन् ।

Anita Bindu पत्रकार अगुवाअनिता बिन्दु

क्या मीठो मौलिक गीत बरिलै

जमाना जति फेरिए पनि
अनिता बिन्दु उस्तै बरिलै

नक्कल  झक्कल सबैले फालौं
अनिता जीलाई सलाम बरिलै

यस्तो पो गीत गाउनुपर्छ तीजमा
मन पराएँअनि भनें बरिलै

हेर्नुहोस भिडियो ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live