Radio Audio Program

Find us on Facebook

Updates

हाकु कालेको डाईलगबाटै बन्यो ठमेल डटकमको गीत (भिडियोसहित)

भदौ २०, काठमाण्डौँ । काठमाण्डौँ शहर हेर्दा लाग्छ रहर ...... चलचित्र लुटमा हाकु कालेको यो डायलग धेरैको मुखमा झुण्डियो । चलचित्र लुट हेर्ने जो कोहिले यो डायलगको सम्झना गर्छन् । यहि डायलग भएको चलचित्र लुटले निर्माता, निर्देशकमात्र होईनन् कलाकारलाई पनि थुप्रै अवसर दिलायो । कतिपयलाई चलचित्र क्षेत्रमा स्थापीत गराउन नै मद्धत पुर्यायो । सोहि डायलगको एक टुक्राबाट बनेको चलचित्र ठमेल डटकमको गीत बाहिरीएको छ ।

कार्तिक ५ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्र ठमेल डटकमको पहिलो गीत यसअघि नै सार्वजनिक भइसकेको छ । दोस्रो गीतमा नायिका सम्पदा बानीया देखिएकी छिन् । गोपी कृष्ण फिल्म्सको ब्यानरमा बनेको ठमेल डटकमको यस गीतमा सुवानी मोक्तानको स्वर छ । चलचित्रलाई राजकुमार शर्माले निर्देशन गरेका हुन् । हेर्नुहोस गीतको म्युजिक भिडियो ।

तपाई फेसबुकट्वीटर र युट्युब मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live