Radio Audio Program

Find us on Facebook

Updates

तिते, जिरे, मेरी बास्यै गाईजात्रा टोली यसरी श्रृंगारीए ।

भदौ, काठमाण्डौँ । हाँस्यकलाकारहरुको दशैँ अर्थात गाईजात्रा आउन अब धेरै दिन बाँकी छैन । गाईजात्राका क्रममा दर्शकलाई कसरी मनोरञ्जन दिने हाँस्यकलाकारहरुको तयारी सुरु भइसकेको छ । तिते, जिरे, मेरी बास्यै टोलीले भदौ १२ गतेदेखि नै गाईजात्रा मनाउने योजना बनाईसकेको छ । यो टोलीमा केदार घिमिरे (माग्ने बुढा) र विल्सन विक्रम राई (तोक्मे बुढा) पनि यो वर्ष सहभागि हुनेभएका छन् ।


भदौ १२ देखि २६ गतेसम्म गाईजात्रा मनाउने योजना बनीरहँदा त्यसको प्रचारतर्फ पनि हाँस्यकलाकारहरु लाग्न थालिसकेका छन् । मंगलबार मात्रै प्रचार सामग्रीका लागि हाँस्यकलाकारहरुको टोलीले श्रृंगार गरेरै फोटोसुट गरेका छन् । गहनापोखरीस्थीत पार्टी नेपालको स्टुडियोमा फोटो खिचाएपछि शिवहरी पौडेलले त्यो जमघटको तस्वीर फेसबुकमार्फत सार्वजनिक गरेका छन् । तिते, जिरे, मेरी बास्यै टोलीको गाईजात्रामा टिका भण्डारीको प्यारोडी, मनोज गजुरेलको प्रहसन, राजा राजेन्द्र पोख्रेलको उद्घोषणको साथमा अन्य व्यंग्यात्मक प्रस्तुतीहरु हुने बताइएको छ । हेर्नुहोस् तिते, जिरे, मेरी बास्यै गाईजात्रा टोलीका कलाकारहरु ।

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।

Post Comment

Radio Audio Live