Happy

Radio Audio Program

Find us on Facebook

Updates

बन्दको दिन बालाजुदेखी नयाँ बानेश्बरसम्म (फोटो फिचर) ।

साउन, काठमाण्डौँ । नयाँ संविधानको विभिन्न विषयमा असन्तुष्टि जनाउँदै आईतबार बन्दको आव्हान गरियो । बन्द भन्ने बित्तिकै सवारी साधन राजधानीका सडकमा निकै कममात्र चल्ने गर्छन । तर, निजि सवारी साधन मोटरसाईकल भने पातलै भएपनि चलिरहेका थिए । बालाजु चोकमा आईपुग्दा सवारी साधन निकै कम मात्र चलेको पाएँ । चोकतिर हेर्दा बन्दकर्ता देखिन्नथे । त्यहाँबाट अघि बढ्दै बानेश्वरसम्म आईपुग्दासम्म सडकमा सवारी साधन चलेका थिएनन् । रमाईलो कुरा बन्दकर्ता पनि कतै देखिएनन् । यसअघिका बन्दहरुमा चोकमा देखिने बन्दकर्ताको सट्टा सुरक्षाका लागि प्रहरीहरु देखिएका थिए । सुरक्षाका लागि यति धेरै प्रहरी खटिँदा बानेश्वर आईपुग्दा केहि निजि सवारी साधन गुडेको भेटियो । सफा टेम्पो केहिमात्रामा चलेपनि अन्य सवारी साधन देखिएनन् । नेपाल खुला छ भन्ने ब्यानर बोकेका युवाहरु पनि सडकमा भेटिए । हेर्दा खुल्लै छ जस्तो लाग्थ्यो तर, सवारी साधनहरु के को डरले सडकमा गुड्न सकेनन् ? बन्दकर्ता बिनाको बालाजु देखि बानेश्वरको बन्द यस्तो थियो ।

हेर्नुहोस फोटोफिचर  :

बालाजु चोक

सोह्रखुट्टे चोक

ठमेल

लैनचौर

केसरमहल

जमल

घण्टाघर र जामे मस्जिद

 

माईतीघर

बबरमहल

नयाँ बानेश्वर

प्रस्तुती : संयोग नेपाल

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live