Radio Audio Program

Find us on Facebook

Updates

म बिकनी एक्ट्रेस होइन अभिनेत्री एवलिन शर्मा


असार १, काठमाडौं । बलिउडकी नायीका एवलिन शर्माले हालै  फिल्म ‘इस्केदारियाँ’ को प्रमोशनको क्रममा भनिन कि म एक विकनी गर्ल होइन । तर  एवलिन जति पनि बलिउड फिल्ममा देखिईन त्यसमा उनको विकनी अवतार नै देख्न पाइयो  । सन २००६मा फिल्म ‘टर्न लेफ्ट’ बाट आफ्नो  अभिनय यात्राको शुरुवात गरेकी एलवीन जर्मन–इडियन मोडेल हुन् । एलविनले बलिउडमा फिल्म ‘सिडनी विद लव’ देखि पाइला चालेकी हुन् । फिल्म ‘यह जवानी है दिवानी’मा एवलिन रणवीर कपूर र दीपिका पादुकोणका साथ देखिएकी थिईन् । 

 

यसको अलावा बिकिनी पहिरिएर हनी सिंहको हिट गीत ‘आज ब्लू है पानी पानी’ मा नाचेकी एवलिनको गीत यसै सालको मे महिनामामा रिलिज हुन गई रहेको छ । एवलिन सनी लियोनको फिल्म ‘कुछ कुछ लोचा’है मा  छिन् । 
आजसम्म फिल्ममा छोटो छोटो रोलमा देखिएकी एवलीन  अब छिट्टै  रिलिज हुन लागेको फिल्म ‘इश्केदारियाँ’मा मुख्य रोलमा देखिने छन् ।

फिल्म ‘इश्केदारियाँ’मा एवलिनले विकनीमा नभई साधारण केटीको रुपमा अभिनय गरेकी छिन् । फिल्मको अलावा एवलिन टिभिमा पनि सक्रिय छिन् । एवलिन ट्रेवल सो ‘लाईफ मे एक बार’मा पनि देखा परेकी छिन् । । यूकेका कयौं कस्मेटिक ब्राण्डसको लागि मोडलिङ गरी सकेकी  एवलीन  इण्डियन  लाक्जरी  ब्राण्डस्को  लागि  ब्राण्ड एम्बेस्डर पनि
हुन् । 

Post Comment

Radio Audio Live