Radio Audio Program

Find us on Facebook

Updates

सरकारी करको विरोधमा फ्रि सेक्स !

जेठ,काठमाडौं ।अष्ट्रियाको साल्जबर्ग शहरस्थित एक वेश्यालयले सरकारको ट्याक्स नीतिको विरोधका लागि अनौठो तरिका अपनाएको छ ।

साल्जबर्ग्स्थित एक वेश्यालयले आफ्नो ग्राहकका लागि निःशुल्कमा सेक्स सेवा दिएको छ । त्यहाँ सरकारले वेश्यालयमा टेक्स लगाउनुका साथै व्यवसायिक नियम लागू गरेको छ ।

समाचार एजेन्सीका अनुसार साल्जबर्गको यो वेश्यालयले आफ्नो वेबसाइटमा पोष्ट गरेको छ–‘हामी अब कर दिँदैनौं र प्रवेश, मदिरा, सेक्स यि तिनै कुरालाई निशुल्क व्यवस्था गर्ने छौं ।

त्यहाँकै एक महिलालालाई यस बारे प्रश्न गर्दा घोषणा वास्तविक भएको बताएकी थिइन् । वेश्यालयका मालिक हरमन म्युलरले आफ्नो अभियान कारोबार नियन्त्रण र दण्डात्मक करविरुद्ध भएको बताए ।

अष्ट्रियनका स्थानीय सञ्चार माध्यमहरुमा मानिसहरुले उक्त वेश्यालयको अफरबाट फाइदा लिँदै प्रवेशका लागि लाइनमा बस्नेहरुको तस्वीर प्रकाशित भएको छ । तर, म्युलरले भने आफू कहाँ काम गर्ने कामदारहरुलाई उनीहरुको तलब दिने बताए । एजेन्सी

Post Comment

Radio Audio Live