Radio Audio Program

Find us on Facebook

Updates

न पीडा न औषधी हमारी अधुरी कहानी

असार १,काठमाडौं ।भन्छन नि, त्यो प्रेम जहाँ आगो नहोस्, त्यस्तै भएको छ ‘हमारी अधुरी कहानी’ मा पनि जसमा खाली प्रेमको आगो मात्र छ । त्यसले दर्शकको दिलमा आनन्द दिने खालको आगो होइन ।

मोहीत सुरीको यस्तो फिल्म बनाउन माहिर मानिन्छ जुन दर्शकको दिलको चिर्दै बक्स अफिसमा आफ्नो स्थान बनाउँछ । । र यस पटक मामला अर्के छ । फिल्म स्पीड कम छ  । फिल्मको शिर्षक राम्रै भए पनि कथा देखि लिएर निर्देशन सम्म हरेक दृष्टिले हेर्दा यो दिलैदेखि बनाएको हो जस्तो लाग्दैन ।

विद्या बालनको राजकुमार रावसँग विवाह हुन्छ । उनीहरुको एउटा छोरा हुन्छन् तर पनि राजकुमार बाहिर कहिँ जान्छन् । विद्या बालन होटलमा काम गर्न थाल्छिन् फेरी भेटाघाट इमरान हाशमी सँग हुन्छ ।  

उसले विद्यालाई चाहन थाले विद्याको दिलमा केही तरङ्हरु उठ्न थाल्यो । तर राजकुमार फर्के सारा सवाल जो अक्सर प्रेम त्रिकोणात्मक हुँदै अतित वर्तमानको लडाईं शुरु हुन्छ । 

एक राम्रो फिल्म बन्दै गयो । फिल्ममा दुःखलाई देखाउन कोशिश गरियो तर सफल भएको छैन । विद्या बालनको अभिनय गर्ने कलाकारको रुपमा पछिल्लो समय खासै अभिनय जम्न सकेको देखिएको छैन।

हमारी अधूरी कहानी’ मा उनले कोशिश गरेकी छन तर त्यति राम्रो रिजल्ट  दिन सकेको देखिँदैन इमरान हाशमी अरु फिल्ममा राम्रै काम गरेको जस्तो लाग्थ्यो तर यसमा त्यस्तो प्रशंसनीय काम गरेको देखिएन अभिनयमा निखार पन देखिएन ।

राजकुमार रावले जसो तसो राम्रै गरेको देखिएको छ । उनी यस्तो अभिनयकर्ता बने जसलाई पर्दामा देख्दा छुट्टै मजा आउँछ । १० करोडमा बनेको मोहित सुरीको आशिकि–२ ले १०० करोड कमाएको थियो । तर ‘हमारी अधुरी कहानी’को बजेट भने ३५–४५ करोडको भएको बताए । 

फिल्म मजबुत हुनको लागि कथा राम्रो हनुु जरुरी छ तर त्यसो हुन सकेन । फिल्मका तिनै कलाकारको अभिनयलाई लिएर हेर्दा इमरान र विद्या बालनले पछिल्ला फिल्ममा त्यति राम्रो गर्न सकेको देखिँदैन । 

यसै गरी राजकुमार राव पनि यस पटक माकुराको जालोमै फँसेको देखियो । उनको समय त्यति राम्रो छैन । 

Post Comment

Radio Audio Live