Radio Audio Program

Find us on Facebook

Updates

राज बल्लभले धरैपछि खाए दाल भात ।

असोज ५, काठमाण्डौ
नेपाली कथामा निर्माण भएको हलिउड फिल्म हाई वे टु धम्पुस असोज ८ गतेदेखि प्रर्दशनमा आउँदैछ । चलचित्रमा अभिनेता राज वल्लभ कोईरालाको मुख्य भुमिका रहेको छ । चलचित्र प्रर्दशनका लागि अमेरिका बस्दै आएका राज बल्लभ कोईराला स्वदेश आईपुगेका छन् ।

लामो समय अमेरिका बसेर नेपाल आएको उनले फेसबुकमा नेपाली खाना साह्रै मिठो गरी खाएको फोटो पोस्ट गरेका छन् । अभिनयका क्रममा खिचिएको जस्तो देखिने फोटो उनले नेपाल आएपछि खिचाएका हुन् ।

लामो समयमा आमाले पकाएको खाना खान पाएको भन्दै उनले फेसबुकमा आफ्नो खुशि पोखेका छन् । लामो समयको भोको पेट भर्न खाएजस्तै गरी उनले गाँस हालेका छन् । उनले पोस्ट गरेको फोटोले आमाको माया सम्झाएको उनका शुभेच्छुकहरुले प्रतिक्रिया पनि जनाएका छन् । आमाले नै पकाएको खाना भएपनि रेष्टुरेन्ट वा तारे होटलको भन्दा कम देखिदैन । फोटोमा उनले हालेको गाँसको पनि उस्तै चर्चा छ ।  

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live