Radio Audio Program

Find us on Facebook

Updates

कसले भाँच्यो नायिका सुरबिनाको मन ।

नायिका सुरबिना कार्की अहिले चलचित्र लुकामारीको छाँयाकनमा व्यस्त छिन् । केहि दिन अघि उनले लुकामारीका लागि आफु विवाहित भएको कुरा फेसबुकमार्फत खुलासा गरेकी थिईन् । यसले चलचित्रको कथावस्तुलाई उदाङ्गो पारेको भन्दै निर्माता, निर्देशकलाई तनाव भएका समाचार समेत बाहिरीए । समाचारमा उनको फेसबुकमा तस्वीर पोस्ट गर्ने बानीको पनि आलोचना गरिएको थियो । पत्रकारले गरेको उक्त आलोचनाले आफ्नो मन भाँचीएको भन्दै फेसबुकमा उनले सकारात्मक सहयोगका लागि सबैसँग अपील गरेकी छिन् ।

लुकामारीको कथा बाहिर ल्याएकोप्रति उनले माफी माग्ने तत्परता  पनि देखाएकी छिन् । उनले यो विषयलाई ट्वीस्ट गरेर सिने क्षेत्रमा संघर्ष गरिरहेको मान्छेलाई असफल भन्नु, बढी प्रचार खोज्नेलगायतका आरोपले आफुलाई दुखि बनाएको बताएकी छिन् । सबैको सहयोगले मात्र आफु अघि बढ्न सक्ने भन्दै उनले प्रेरणा र सद्भावको खाँचो रहेको फेसबुकमार्फत बताएकी छिन् ।

यो पनि पढ्नुहोस् ।

लुकामारी खेल्दा खेल्दै विवाह गरिन् सुरविनाले ।

तपाई  Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।

Post Comment

Radio Audio Live