Radio Audio Program
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Filim Filili [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
Find us on Facebook
Updates
दिनहुँ विहान यी १० काम गर्नुहोस् जसबाट चम्कीन्छ तपाँईको भाग्य ।
असोज,काठमाण्डौ
भनिन्छ ,विहानीको शुरुवात राम्रो भयो भने पुरा दिन राम्रो रहन्छ । यसकारण विहान केही यस्ता काम गर्नु होस् जसले हाम्रो विचारमा सकारात्मक बन्छ र भाग्यको साथ पनि प्राप्त हुन्छ । पुराना मान्यताका अनुसार विहान उठ्ने वित्तिकै यी १० काम गर्नुहोस् जसले तपाँईको जिवनमा चमक ल्याउनेछन् ।
१. दिनहुँ विहान चाँडै उठ्नुहोस्
जो मानिस विहान चाँडै उठ्छ उ दिनभरी फ्रेस भएको महसुस गर्छ । सूर्योदय हुनु पहिले या सूर्योदयको समय विस्तारा छोडी सकेको हुनु पर्छ ।यसो गर्नाले देवी देवताको कृपा मिल्छ । स्वास्थ्य लाभ हुन्छ । विहानको समय स्वास्थ्यको लागि बरदान सरह हुन्छ । विहान ढिलो उठ्नाले दिनभर शरीर आलस्य हुन्छ । विहान छिटो उठ्नाले राती छिटै निद्रा पनि लाग्छ । यस्तो भयो भने हरेक मानिसको दिनचर्या व्यवस्थित हुन्छ ।
२. तामाको लोटामा राखेको पानी खानुहोस्
विहान उठ्ने बित्तिकै तामाको भाँडामा राखेको पानी पिउनुहोस् । यसका लागि राती नै तामाको भाँडामा पानी भरेर राख्नु पर्छ । यसरी राखीएको पानी दिनहूँ पिउनाले पेटसँग जोडिएका हरेक रोग भाग्न सक्छ । ग्यास, कब्ज, अपचको समस्या लाई काबुमा लिन सकिन्छ । यो काम गर्नु पहिले एकपटक चिकित्सकलाई देखाउन सके र उनको सल्लाह लिए अझै राम्रो हुनेछ ।
३. योग र ध्यान गर्नुहोस्
लामो समय सम्म स्वास्थ्य र तन्दुरुस्त बन्नको लागि योगध्यान गर्नु सर्वश्रेष्ठ उपाय हो योग । योगले शरीरलाई सबैप्रकारको बिमारीबाट बचाउँछ र ध्यानले मानसिक स्तरमा शक्ति मिल्छ । ध्यानले क्रोधलाई काबुमा राख्छ । मानसिक तनाब पनि भगाउँछ । योगले शरीरलाई शक्तिशाली बनाउँछ । र रोगसँग लड्ने क्षमताको विकाश गराउँछ ।
४. तेल मालिस गर्नुहोस्
कहिले कहिले शरीरलाई तेलले मालिस गुर्नु राम्रो हुन्छ । यसको लागि विहानको समय राम्रो मानिन्छ । तेल मालिश गर्नाले शरीरका रौंका छिद्र खुल्छन् र फोहर बाहिर निस्कने हुँदा शरीर सफा हुन्छ । छालाको चमक बढ्छ । तेल मालिश गर्दा नुहाउनु भन्दा पहिले गर्नु राम्रो हुनेछ ।
५. दिनहुँ विहान सूर्यलाई जल चढाउनुहोस्
शास्त्रमा बताए अनुसार जो मानिस नियमित रुपले सूर्यलाई जल चढाउँछ उसले घरपरिवार र समाजमा मान सम्मान प्राप्त गर्छ भनिएको छ । राम्रो वानी व्यहोरा र व्यवहारले मानिसलाई लामो आयु प्रदान गर्छ भनिन्छ । यस उपायले मानिसको अनुहारको चमक बढ्नुका साथै स्वास्थ्य सम्बन्धी धेरै कुराहरूको फाइदा हुन्छ ।
६.घरबाट निस्कनु भन्दा पहिले दही खानुहोस्
हरेक दिन घरबाट निस्कनु पहिले थोरै दही र चिनी सेवन गर्नु राम्रो मानिन्छ । यो शुभ मानिन्छ । यस उपायले काममा सफलता मिल्छ र नकारात्मक भावना हटेर जाने हुन्छ ।
७. तुलसीलाई पानी चढाउनुहोस्
धर्मशास्त्रका अनुसार हरेक दिन विहान नुहाउनु र नुहाई सकेपछि तुलसीमा जल चढाउनाले देवी देवताको कृपा प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । जुन घरमा तुलसी हुन्छ र जो मानिस त्यसको देखभाल गर्छ उसलाई सुख शान्ति र सम्बृद्धि प्राप्त हुन्छ भनिएको छ ।
८.माता–पिताका आशिर्वाद लिनुहोस्
जो मानिसको मातापिता सधै प्रसन्न रहन्छन् र जो मानिस मातापिताको सम्मान गर्छन् उनीहरु सँधै खुशी रहन्छन् । धार्मिक मान्यताका अनुसार पनि देवी देवता पनि त्यस्ता मानिस देखि खुशी हुन्छन र त्यस्ता मानिसप्रति कृपा राख्छन् भनिएको छ । मातापिताको सम्मान जहाँ हुन्छ त्यहाँ दुःख टाढै रहन्छ भनिएको छ ।
९. घरको मन्दिरमा पूजा गर्नुहोस्
हरेक दिन घरको मन्दिरमा पुजा गर्नु पर्छ । दीयो र अगर बत्ति बाल्नुहोस् । दीयो र अगर बत्तिको धुँवाले वातावरणको नकारात्मक उर्जा खतम गरी दिन्छ । वास्तुका अनुसार हरेक दिन दीयो जलाउनाले केयौ दोषहरूनष्ट भएर जान्छन् ।
१०. गाईलाई रोटी अथवा केही खाने कुरा खुवाउनुहोस्
विहानको खाना बनाउने समयमा खाना बनाई सकिएको छ भने अथवा खानाको सट्टा रोटी बनाईको छ भने आफुले खानु भन्दा पहिले खाना वा रोटी जे छ त्यसबाट थोरै निकालेर गाईलाई खुवाउनुहोस् । यस कार्यले घरपरिवारका समस्या हट्नेछन् । अन्न र धनको कमी हुँदैन भन्ने भनाई छ ।
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment