Radio Audio Program
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
Find us on Facebook
Updates
वडा नम्बर ६ टोली झुक्कीयो, सबैले मागे माफी ।
भदौ २८, काठमाण्डौँ । विभिन्न राजनितिक दलको असन्तुष्टि सडकमा पोखिरहेको छ । देशका विभिन्न भूभागमा आन्दोलन र हिंसा बढीरहेको छ । राजधानीका सडक पनि जाम गराएर विभिन्न दलहरुले प्रर्दशन गरिरहेका छन् । नारा घन्काईरहेका छन् । विभिन्न राजनितिक दलहरु संविधान, संघियताका विषयमा असन्तुष्टिका नारा लगाईरहेका छन् । वडा नम्बर ६ को टोली टोल टोलमा असोज १ गतेदेखि प्रर्दशनमा आउन लागेको चलचित्रको नारा लगाईरहेको छ । वडा नम्बर ६ को प्रचारसँगै वडा नम्बर ६ टोलीले संविधानका बारेमा पनि केहि नारा लगाए ।
दिपकराज गिरीले नारा लगाएको प्रति फेसबुकमार्फत माफि मागेका छन् । उनीसँगै नायिका प्रियंका कार्की र दिपाश्री निरौलाले पनि माफि मागेका छन् । माफी माग्दै हाँस्यकलाकार दिपकराज गिरीले फेसबुकमा यस्तो स्टाटस लेखेका छन् ।
भूल सूधार.......
आज एउटाले हिमाल , पहाड तराइ एउटै हो भन्ने नारा सहित शान्तिको लागी भनेर संबिधान सभा तर्फ जुलुस जॉउ भन्यो लौ न त भनेर म दीपाजी, प्रियंका , माग्ने बूढा मिलेर गयौ
नारा सुरूभो
१) हिमाल तराइ पहाड एक हो- गज्जबलाग्यो
२) मान्छे मार्न पाइन्न भन्यो - त्यो पनि ठिक
३)कर्फ़्यू लगाएर संबिधान ल्याउन पाइन्न भन्यो- अब शंका लाग्न थाल्यो
४) लाष्टमा त संबिधान रोकेर बार्ता गर रे- अनि वरपर हेरेको त मोहन बैदे बा का कार्यकर्ता देखे पछि पो था भो लौ मार्यो कॉहा आइयो....... त्यस पछि टाप....... माफि चाहन्छौ ... दुइ तिहाई भन्दा नि बढीले संबिधान बनाउन सकेनन् भने यो देशमा कहिले संबिधान बन्दैन....... माफि चाहन्छौ
तपाई Facebook, Twitter र Youtube मार्फत हामीसँग जोडिन सक्नुहुन्छ ।





Post Comment