Radio Audio Program

Find us on Facebook

Updates

एकिकृत पहरीबस्ती हस्तान्तरण पश्चात बाग्मतिमा झुल्कीए धुर्मुस सुन्तली (फोटोफिचर)

साउन, काठमाण्डौँ । दुई महिना १० दिन काभ्रेमा एकिकृत बस्ती बनाएर फर्किएका धुर्मुस सुन्तली शनीबार बिहानै बाग्मतिमा देखिए । ढलमति बनेको बाग्मति केहि हदसम्म सफा गरेर र्याफ्टीङ गर्न लायक भएको छ । त्यसैले धुर्मुस सुन्तलीले दुई महिनाको थकान पश्चात बाग्मतिमा र्याफ्टीङ गरेर शनीबार रमाईलो गरेका हुन् ।सरकारको सरसफाई दुत समेत भएकाले सरसफाईमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को ध्यान केन्द्रित हुने गरेको छ । पूर्व मुख्य सचिव लिलामणी पौडेलको नेतृत्वमा सुरु भएको बाग्मति सफाई अभियानमा अन्य विभिन्न संस्था, निकाय र व्यक्तिको साथमा कलाकारहरुको पनि योगदान रेहेको छ । शनीबार धुर्मुस सुन्तली हाँस्यकलाकार राजाराम पौडेल र नवल खड्काको साथमा बाग्मतिमा र्याफ्टीङमा रमाइरहेका थिए ।

हेर्नुहोस फोटोफिचर । 


तस्वीर : कुञ्जना घिमिरेको फेसबुकबाट

समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् । 

Post Comment

Radio Audio Live