Radio Audio Program

Find us on Facebook

Updates

यी फ्लप अभिनेताले सिक्नुपर्छ अभिनयको एबीसीडी

असार ,काठमाण्डौ

सिकन्दर खेर
अचम्म छ, एकातिरअनुपम खेर अभिनय सिकाउने विद्यालय चलाई रहेका छन् आर्कोतर्फ कसैले पनि उनको छोरालाई फिल्म दिन तयार छैनन् । सिकन्दर खैरलाई आफ्नो पिता सँगै सिक्न पर्यो अभिनय । 

हरमन बबेजा 

हरमन बबेजा ऋतिक जस्तै देखिन्छन् तर अभिनय छैन ऋतिक जस्तै बन्नका लागि उनलाई वर्षौं लाग्न सक्छ । हरमनलाई यस उद्योगमा टिक्नको लागि अभिनय सिक्न जरुरी छ ।

गिरिशकुमार 

गिरिशकुमार ठूला निर्देशक कुमार एस तुरानीका छोरा हुन । गिरिशलाई यस कारण फिल्म त राम्रो मिल्छ तर अभिनयकला नभएकोले बाध्य भएर अभिनय सिक्न भनियो ।

जैकी भगनानी

वासु भगनानी का पुत्र जैकीका असफल फिल्मको संख्या बढदै गई रहेको छ । केही प्रयास गरे जैकीको चेहरामा भाव छ तर आउँदैन । केही न केही गर्नै पर्छ ।

मिमोह चक्रवर्ती

मिथुन चक्रवर्तीले अभिनयकै कारण  जुन स्थान बनाए उनका छोरा मिमोह भने यस मामलामा पुरै असफल रहे । यीनले पनि अभिनय कला सिक्नै पर्ने देखिन्छ । पितासँग सिके अझै राम्रो ।

अभिषेक बच्चन
अभिषेक बच्चनले पनि फिल्म त धेरै गरे तर पनि पिताको तुलनामा असफल नै छन् । उनलाई अमिताभका छोरा हुनाको कारण पनि  अभिनयमा निखारपन ल्याउन जरुरी छ ।  ता की पिताको मन खुशी हुन सकोस् ।

प्रतिक बब्बर

प्रतिक बब्बरले आरक्षण जस्तो कुनै राम्रो फिल्ममा काम गरेका थिए । तर त्यसपछि पनि उनको किस्मत चम्कन सकेन । पापा राजबब्बर कहिले सम्म साथ दिने हुन । जरुरी छ  उनलाई अभिनय सिक्न ।

तुसार कपुर

तुसार कपुरको बारेमा के भन्ने लामोसमयदेखि फिल्म उद्योगमा  काम गरि सकेका छन् गोलमालको अलावा कोई अरु कमाल गर्न सकेनन् त्यो भन्दा बढी आशा पनि छैन ।

उदय चोपडा

उदय चोपडाले त झन बर्बाद नै गरिदिए । फिल्म नील और निक्की, प्यार इम्पोसिबल जस्ता Ïलप फिल्म दिएपछि घरकै व्यानरमा बाहेक अन्य व्यानरमा  फिल्म नै खेल्दैनन् । यसराज व्यानरको खातीर पनि उनलाई अभिनय सिक्न जरुरी छ । 

Post Comment

Radio Audio Live