Radio Audio Program

Find us on Facebook

Updates

सेतो र टिमिक्क परेको पहिरनमा गर्भ देखाउँदै किम (१३ तस्बिर सहित)

असार, काठमाडौं । टेलिभिजन पर्सनालिटी, मोडेल तथा फेशन डिभा किम कार्दियासनको चर्चा बेला बेलामा चलिरहन्छ । सन् २०१२ मा आफु पहिलो पटक गर्भबती भएको अवस्थामा आफ्नो फिगरलाई लिएर गरिएको नकारात्मक टिका टिप्पणीका कारण दुख लागेको कुरा किम कार्दियासनले स्विकारी सकेकी छिन् । अहिले आएर आश्चर्य लाग्दो कुरा त के छ भने झण्डै पाँच महिने गर्भ लिएर ३४ बर्षे किम खुलेआम आफ्नो गर्भावस्थाको रुप देखाउदै हिडिरहेकी छिन् । 

 

पहिलो सन्तानको रुपमा नर्थ नामकी छोरी स्याहारी रहेकी किमको दोस्रो सन्तान भने आगामी डिसेम्बर महिनामा अपेक्षा गरिएको छ । छोराको पर्खाईमा रहेकी किम आफ्नो लोभलाग्दो जिउडालकै लागि धेरै चर्चित भईन । ¥यापर तथा फेशन डिजाइनर गायक केनी वेष्टसँग बिबाह सम्बन्धमा गासिएकी किम मंगलबार आफ्ना दिदी बहिनी सँगै क्यालिफोर्नियाको वेष्ट भिलेज स्थित मेक्सिकन परिकारका लागि प्रख्यात कासा स्कोबारमा देखिएकी थिईन । सेतो र टिमिक्क परेको पहिरनमा गर्भवती किमलाई कस्तो देखिएको थियो त, आउनुस् केही फोटो हेरौ ।

 

 

 

image source:Kim Instagram

 

Post Comment

Radio Audio Live