Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
थाहापाई राख्नुहोस् फ्रिजमा राख्न नहुने ९ खानेकुरा
असार,काठमाडौं । फ्रिजमा राख्ने बित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने आम मानिसको सोचाइ छ । त्यसैले छिमेकी घरको जस्तै फ्रिज ल्याउन पाए हुन्थ्यो र त्यसमा राखेका बस्तुहरु इच्छा अनुसार झिक्दै खान हुन्थ्यो भन्ने तपाईका मनमा लागेको भए हटाउनुहोस् ती कुरालाई तर लिइ सकेको भए पनि चिन्ता नगर्नुहोस् । खानेकुरा ताजा राख्न फ्रिजको सहारा लिनु नराम्रो होइन् ।
छिमेकी अगाडी आपूmलाई पनि कमजोर छैन भन्न पार्न खोज्दा आÏनो स्वास्थ्य कमजोर भएको थाहै हुँदैन किनकी सबै खानेकुरा फ्रिजमा राख्दा खान योग्य नै हुन्छन् भन्ने छैन तसर्थ कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन सक्छन् । थाहा पाई राख्नुहोस् ति कुरा
टमाटर
टमाटरलाई फ्रिजमा राख्नाले यसको स्वाद बिग्रिन्छ । फ्रिजको चिसोले टमाटरको भित्री झिल्ली टुट्छ । जसका कारण यो मुलायम हुन जान्छ ।
तुलसी
तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ । तुलसी पानीमा राख्नुपर्छ ।
आलु
चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा बदलिन्छ । आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ ।
लसुन र प्याज
आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आइलाग्छ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ ।
जैतुनको तेल
जैतुनको तेल फ्रिजमा राख्नुहुँदैन । कम तापमानमा यो संघनित भएर मही जस्तै गाढा हुन्छ ।
रोटी
धेरैले रोटी खराब हुन्छ भनेर यसलाई राख्ने ठाउँ फ्रिज रोज्छन् । फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व हराउँछ
कफी
कफी कहिल्यै फ्रिजमा नराखौँ । यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी भइदिन सक्छ ।
मह
यसको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ । मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ ।
अचार
अचारमा भिनेगार धेरै हुन्छ । यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ । यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने खतरा हुन्छ ।





Post Comment