Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मदिराको ह्याङओभर हटाउन खानुपर्ने ७ कुरा
असार, काठमाडौं । न पिउँदा पिउन मन नलाग्ने पिए पछि छाड्नै मन नलाग्ने पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि थुइक्क भन्दै टाउको समाउँदै साथीहरुलाई दोषदिने गरेको कुरा कसैबाट छिपेको छैन । धन्दा नमान्नुहोस् आफुले गरेको गल्तीबाट मुक्त हुन कसैलाई गाली गर्नु पर्दैन तपाई हाम्रै घर आँगनमा पाइने यी सात कुरा खानुहोस् ह्याङओभर हटाउनुहोस् । र अरुलाई पनि बताइदिनुहोस् ।
नरिवलको पानी
ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ । यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ । नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ । यसमा चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुन्छन् । यसले ह्याङ भएको शरीरलाई राहत दिन्छ ।
अदुवा
ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ ।
गोलभेँडाको जुस
ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई शीतल गर्छ ।
केरा
ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ ।
कुरिलो
कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ ।
हर्बल टी
कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन ।
अण्डा
अण्डामा एमिनो एसिड हुन्छ जसले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी ले पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।





Post Comment