Radio Audio Program

Find us on Facebook

Updates

क्रिकेटर पत्नी बन्दै नरगिस

असार,काठमाडौ । बलिउड अभिनेत्री नरगिस फाखरी चलचित्र ’अजहर’मा भारतीय पूर्वक्रिकेटर मोहम्मद अजहरुद्दिनकी पत्नी संगीता विजलानीको भूमिकामा देखिने भएकी छन् । मोहमदको भूमिकामा भने इमरान हासमीको अभिनय रहने भएको छ । 

सो भूमिकाका लागि करिना कपुर, ज्याकलिन फर्ना्न्डिस, निमरत कोरजस्ता अभिनेत्रीका नाम चर्चामा आएपनि ग्ल्यामरस र स्टाइलिस भएकाले संगीताको भूमिकामा नरगिस उपयुक्त भएकाले उनलाई छनोट गरिएको निर्माण पक्षको भनाई रहेको छ । 

चलचित्रको छायांकन हुनुभन्दा अगाडि नरगिस संगीताको आनीबानी, रहनसहन एवं जीवनशैलीका बारेमा जानकारी हासिल अभ्यस्त हुने छिन् । नरगिसका साथमा यस चलचित्रमा अर्की नायिका पनि रहनेछिन् । 

चलचित्र अजहरुद्दिनको करियर र निजी जीवनमा आधारित छ । जसमा नजरुद्दिनको जीवनको उतार चढाव समेटिने भएको छ ।

Post Comment

Radio Audio Live