Radio Audio Program

Find us on Facebook

Updates

पलेँटी कसेर खाँदा फाइदै–फाइदा

असार,काठमाडौं । हिन्दु संस्कृति र नेपाली समाजमा कतिपय त्यस्ता प्रचलन छन्, जो रुढिवादी लाग्छन्  । तर, तिनको वैज्ञानिक महत्त्व उत्तिकै धेरै । तर, आधुनिक जीवनशैलीप्रतिको मोहका कारण त्यस्ता कतिपय वैज्ञानिक तरिका छोडिँदै छ  । त्यस्तैमध्ये एउटा हो, पलेँटी कसेर खाना खाने प्रचलन  ।

सहरीकरणको विकास र विदेशी संस्कृतिको प्रभावका कारण अहिले पलेँटी कसेर खाने प्रचलन घट्दै गएको छ  । डाइनिङ टेबलमा बसेर खाना खानुलाई सभ्य र सभ्यताको विषय बन्न थालेको छ  । सहरी क्षेत्रमा यसको प्रभाव बढ्दो छ  । तर, स्वास्थ्यविज्ञहरूका अनुसार टेबलमा बसेर खानुभन्दा पलेँटी कसेर खानु धेरै नै फाइदाजनक छ । 

उनीहरू भन्छन् जमिनमा पलँेटी कसेर बस्दा हामीले योगासनको प्रयोग गरिरहेका हुन्छाँै । जुन आसनलाई योगविज्ञानमा सुखासन भनिन्छ  । सुखासन पद्मासनको एउटा रूप हो । सुखासनमा बस्दा, पद्मासनमा बस्दाझैँ फाइदा हुने बताउँछन्  । योग गुरुहरुको पनि ठ्याक्कै यस्तै छ । 

हेरौ पलेटीकसेर खाँदाका फाईदा के के रहेछन् त 

१. पलेँटी कसेर खाँदा हाम्रो शरीर अघि र पछि गरिरहन्छ  । त्यसैले पेटको व्यायाम हुन्छ  । त्यसले पाचनशक्ति पनि बढाउँछ  ।
२. सुखासनमा  बस्दा  मनमा  एकाग्रता पैदा हुन्छ  । यसले   मानसिक  स्वास्थ्यमा  सकारात्मक  प्रभाव पार्छ ।  रक्तसञ्चार       सन्तुलित  बनाई  मुटुलाई  स्वस्थ  राख्न  मद्दत  गर्छ  ।
३. यो आसनमा बस्दा मानसिक तनावबाट मुक्त हुन सघाउने मात्र होइन, छाती र खुट्टालाई समेत बलियो बनाउँछ  ।
४. पलेँटी मारेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा पेटसम्बन्धी अन्य समस्यालाई कम गर्न मद्दत गर्छ  ।

Post Comment

Radio Audio Live