Radio Audio Program

Find us on Facebook

Updates

सफ्ट बाउन्स भनेको के हो ?

असार, काठमाडौ । मेलिङ ठेगाना चालू भए पनि पाउनेको इमेल एप्लिकेसनको क्षमताभन्दा बढीको म्यासेज भएर वा भरिएर पनि पठाइएका इमेल पुग्न सक्दैनन् । यस्तो अवस्थामा इमेल बाउन्स हुन्छ । 

केही मेल सिस्टमले प्राप्त गर्ने इमेलको अधिकतम साइजलाई पूर्वनिर्धारित गरेको हुन्छ, क्षमता भन्दा ठूलो इमेल आएमा स्वचालित रूपमा सर्भरले अस्वीकार गर्छ र प्रेषकको इन्बक्समा बाउन्स हुन्छ । 

मेल सर्भरले इमेल स्वीकार गरिसकेपछि पाउनेको इन्बक्समा नपुगी फेरि इमेल पठाउनेकोमै फर्कने प्रक्रियालाई नै सफ्ट बाउन्स भनिन्छ । कुनै–कुनै मेल सर्भरहरू पाउनेको ठेगाना चालू रहे, नरहेको वा इमेल अट्ने पर्याप्त ठाउँ भए, नभएको जाँच्नुभन्दा पहिला नै ती इमेललाई विस्तृत अध्ययन–अनुसन्धानका लागि प्रोग्रामिङ गरिएका हुन्छन् । 

कहिलेकाहीं पठाउने र पाउनेको नेटवर्कमा प्राविधिक गडबडीका हुँदा पनि इमेल बाउन्स हुन्छ । तर प्रायजसो फिर्ता भएका इमेलहरू बाउन्स हुनुको कारण र पठाइएको म्यासेज सहितका हुन्छन् । 

प्रयोगकर्ताले कहिले पनि नचिनेका र नपठाएका ठेगानाबाट पनि बाउन्स भएका इमेलहरू इन्बक्समा देखा पर्न सक्छन् । यस्तो अवस्थामा प्रयोगकर्तालाई आफ्नो इमेल ठेगानाको कसैले गलत प्रयोग गरिरहेको शंका लाग्छ । 

कुरा स्वभाविकै पनि हो, तर धेरैजसो यस्तो स्थिति भाइरसले सिर्जना गरिदिन्छ । केही समयपहिले यसप्रकारको भाइरस आतंक भएको थियो ।

Post Comment

Radio Audio Live