Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
एटिएमको गल्ती दोहो¥याउँ दिनँ
असार,काठमाडौं । दुलही रानीबाट फिल्मबाट अभिनय यात्रा सुरु गरेकी सबिना कार्की रातारात हिट भइन दोस्रो फिल्म एटिएमबाट । हिट त हिट तर आलोचनात्मक । जसले गर्दा उनी दिक्क भइन् । बुझाइको कमीका कारण आफूबाट एटिएम खेल्नु भूल भएको स्वीकारोक्ति उनको छ ।
‘बच्चैदेखि कलाकार बन्ने सपना देखेँ । बुबाआमाको चाहना यो क्षेत्रमा लागोस भन्ने थिएन । अफर राम्रो होला भन्ने लागेर एटिएम खेलेँ । प्रोमोका कारण निकै आलोचना खेप्नुप¥यो । हुनत ‘पूरा फिल्म नै नहेरी बजारमा अनर्गल हल्ला चलाइयो । फिल्ममा त्यस्तो लाजलाग्दो केही छैन ।’ एटिएमका कारण भोगेको सास्ती र तनावबाट आफू उम्किसकेको दाबी उनको छ ।
‘मैले पुराना कुरा सबै बिर्सिएर करिअर अघि बढाएकी छु । त्यतिवेला जे गल्ती भयो, त्यो अब कहिल्यै दोहोरिनेछैन । मैले कसम नै खाएकी छु ।’ दिनेश थापाले यादव सिलवालको निर्देशनमा निर्माण गरेको एटिएमले नेपाली फिल्म उद्योगमै तहल्का मच्चाएको थियो । छाडा संवाद र दृश्ययुक्त प्रोमो सार्वजनिक भएपछि पूरै एटिएम युनिट आलोचनाको सिकार भएको थियो । सबिनालाई एटिमएम दिलाउने माध्यम थिइन् जिया केसी ।
जियाकै कारण मैले एटिएम पाएँ । हिरोइन बन्न आएकी म, अफर आयो, राम्रो होला भनेर खेलेँ । तर, साह्रै टेन्सन व्यहोर्नुप¥यो । ’जिया रोमान्स किंग भुवन केसीसँगको प्रेमसम्बन्धका कारण चर्चामै रहने गरेकी छिन् । सोनियाले एटिएम, पछि २ ३ फिल्ममा अभिनय गरेर घरजमको बाटो रोजिन् ।
सबिना अभिनयमा निरन्तर छिन् । एटिएमपछि सबिनालाई त्यस्तै खालका थुप्रै फिल्मबाट अफर आएका रहेछन् । तर, उनले ती सबै फिल्म खेल्न अस्वीकार गरिन् । हास्य टेलिशृंखला झ्याइँकुटी झ्याइँबाट रिलको दुनियाँमा पाइला राखेकी सबिनाले दुलही रानीपछि वाचा, एटिएम, वान साइड लभ, गुड फ्रेन्ड, पंगा, लाटी, सरप्राइज, द फेमस, वाचालगायत झन्डै एक दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् ।
उनी आफू शीर्ष भूमिकामा रहेको लाटी फिल्मबाट भने निकै आशावादी रहिछिन् । ‘लाटी एकदम राम्रो बनेको छ,’ उनले भनिन्, ‘डबिङमा फिल्म हेरेर निकै रोएँ । यो फिल्मले मेरो करिअर उचाइमा पुर्या्उने आशा राखेकी छु ।’रियल लाइफमा नभए पनि रिलमा चाहिँ उनले आफ्नो परिवारको चाहना पूरा गरेकी छिन् रे । ‘गुड फ्रेन्ड र पंगा फिल्ममा म प्रहरीको भूमिकामा छु । रिलमा भए पनि मैले आफ्ना अभिभावकको सपना पूरा गरेकी छु ।
यसमा चाहिँ म निकै खुसी छु,’ ‘अबचाहिँ अलि एक्स्ट्रा, नारी आवाज बुलन्द गर्ने खालको चरित्र निर्वाह गर्न मन लागेको छ ।’
यो फुर्सदको वेला आफूलाई अभिनय र नृत्यमा निखार्ने काम गरिरहेको उनले बताइन् । नयाँपत्रिका दैनिक





Post Comment