Radio Audio Program

Find us on Facebook

Updates

जहाँ ‘होली’ रंगको होइन रक्सीको खेलिन्छ

असार १८, काठमाडौं । संस्कृति पर्व र चाल चलन आÏना आÏनै हुन्छन् यो सबलाई थाहा भएकै कुरा हो । यस्तै एउटा यस्तो मुलक जहाँ रंगल होइन रक्सी खन्याएर होली मनाईन्छ । जबकी हामीकहाँ फागुमा रंगको होली खेलिन्छ । 

स्पेनको रिओजा प्रान्तमा हरेक वर्ष २९ जुनमा रक्सी जात्रा मनाइन्छ । सेन्ट पिटर्स डे मनाउने क्रममा उक्त दिन त्यहाँमा मानिसहरू एक–अर्कामाथि रेड वाइन को ‘होली’ खेल्छन् । 

स्थानीय भाषामा ‘ब्याटल अफ वाइन’ भनिन्छ । यस वर्षको जात्रामा नौ हजार मानिसले भाग लिए । जात्रामा एक लाख ३० हजार लिटर वाइन रक्सी खर्च भएको थियो । 

रक्सी जात्रामा भाग लिन मानिसहरू सेतो कपडा लगाएर आउँछन, तर फर्कने वेलामा रक्सीले नुहाएर पूरै राता हुन्छन् । तीन सय वर्षदेखि मनाइँदै आएको यो जात्रामा हरेक वर्ष सहभागीको संख्या बढ्दै गएको छ । कैयौँ देशबाट पर्यटकहरू पनि त्यहाँ पुग्छन् रमाइलोको लागि ।

जात्रामा युवादेखि वृद्धवृद्धासमेत सहभागी हुन्छन र जात्रालाई रमाइलो बनाउनका लागि मानिसहरू ड्रम पनि बजाउने गर्छन् । मानिसहरू बाल्टी र वाटर पेस्तोलमा वाइन भरेर अर्कामाथि प्रहार गर्छन् । नयाँपत्रिका दैनिक

Post Comment

Radio Audio Live